संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा बृहत्त वृक्षारोपण कार्यक्रम सम्पन्न

२०८१ असोज २

बर्दिबास नगरपालिका वडा नं. ०५, टुटेश्वरमा संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा “बृहत्त वृक्षारोपण” कार्यक्रम सम्पन्न भएको छ। महोत्तरी जिल्ला मुल समारोह समितिको आयोजनामा सम्पन्न कार्यक्रमले पर्यावरणीय सन्तुलन र हरियाली प्रवर्द्धनमा योगदान पुर्याएको छ।

वृक्षारोपण कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख श्री सुमन कुमार लाल कर्ण, बर्दिबास नगरपालिकाका प्रमुख प्रहलाद क्षेत्री, प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, गोरखनाथ गण प्रकौली व्यारेकका गणपति बिनोद बिकाश पाठक, जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरीक्षक नकुल पोखरेल, सशस्त्र प्रहरी बल नेपाल नं. ९ गण हे.क्वा. महोत्तरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक बिनोद के.सी., राष्ट्रिय अनुसन्धान आयोग महोत्तरीका उप-निर्देशक सुदिप अधिकारी, स्थानीय जनप्रतिनिधि तथा आम नागरिक गरी ४० जनाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा गुलमर, टिक, बर्रो, अमला, जामुन, सतिसाल र इमली प्रजातिका गरी जम्मा ३००० बिरुवा रोपिएको छ। पर्यावरणीय संरक्षण र हरित क्षेत्रको विकासलाई बढावा दिने उद्देश्यले गरिएको यस वृक्षारोपण कार्यक्रममा गुलमरका २५०, टिकका २००, बर्राका ४००, अमलाका ५५०, जामुनका ६००, सतिसालका ६००, र इमलीका ४०० बिरुवा रोपिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *