विजया दशमीको शुभ साइत सार्वजनिक

बर्दिबास –

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजया दशमीको शुभ साइत सार्वजनिक गरेको छ। समितिका अनुसार, विजया दशमीको टीका लगाउने उत्तम साइत असोज २६ गते बिहीबार बिहान ११:३६ बजे रहेको छ। साथै, सोही दिन बिहान ८:३३ बजे देवी विसर्जनको साइत रहेको समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिनुभएको छ।

अध्यक्ष अधिकारीका अनुसार, विजया दशमीको प्रसाद ग्रहण गर्दा पूर्वतर्फ फर्केर बस्नुपर्ने छ। यस वर्षको नवरात्र अर्थात् दसैँ असोज १७ गते बिहीबारदेखि सुरु हुँदैछ। घटस्थापनाको साइत बिहान ९:१६ बजे रहेको समितिले जनाएको छ।अन्य मुख्य साइतहरूमा असोज १८ गते शुक्रबार झण्डा फर्ने समय बिहान ९:१४ बजे, असोज २२ गते मंगलबार पचलीभैरव यात्रा, असोज २४ गते बिहीबार फूलपाती र श्री तुलजाभवानी यात्राको साइत बिहान ७:११ बजे रहेको छ भने स्थिरासनको साइत बिहान ८:४३ बजे रहेको छ।

असोज ३० गते बुधबार अखिलबलीपूर्ति गर्ने साइत पनि रहेको समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणी भट्टराईले बताउनुभएको छ। यसै दिन कोजाग्रत पूर्णिमा मनाइने छ, जससँगै यस वर्षको दसैँको समापन हुनेछ।सम्पूर्ण दसैँ पर्वको तयारीसँगै शुभ साइतअनुसार धार्मिक गतिविधि सम्पन्न गर्न समितिले अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *