नेपालमा बाढी र पहिरोले ११२ जनाको मृत्यु, ६८ जना बेपत्ता

असार १३

अविरल वर्षासँगै आएको विपत्तिले देशभर ठूलो जनधनको क्षति भएको छ। बाढी, पहिरो र डुबानका कारण काठमाडौँ उपत्यका सहित विभिन्न जिल्लामा जनजीवन अत्यन्त प्रभावित बनेको छ।

गए रातीसम्मको विवरण अनुसार, ११२ जनाले ज्यान गुमाएका छन् भने ६८ जना अझै बेपत्ता छन्। घटनामा कम्तीमा १०० जना घाइते भएका छन्।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले दिएको जानकारीअनुसार काभ्रेपलाञ्चोकमा सबैभन्दा बढी ३४ जनाले ज्यान गुमाएका छन्। ललितपुरमा २०, धादिङमा १५, काठमाडौँमा १२, मकवानपुरमा ७, पाँचथर र भक्तपुरमा ५-५, सिन्धुपाल्चोकमा ४,  दोलखामा ३, यस्तै धनकुटा र सोलुखुम्बुमा २/२ जना, रामेछाप, महोत्तरी र सुनसरीमा १/१ जनाको ज्यान गएको छ । पाँचथर, झापा, महोत्तरी, सिन्धुली, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौं, ललितपुर, धादिङ र रूपन्देहीमा गरी ६८ जना बेपत्ता छन् ।

विपत्तिका कारण सडक, पुल, र विद्युत् लगायतका पूर्वाधारमा पनि व्यापक क्षति पुगेको छ। देशभर जनजीवन प्रभावित बनेको छ भने उद्धार र राहतको कार्य जारी छ।

सरकारी निकायहरूले प्रभावित क्षेत्रमा तत्काल उद्धार टोली परिचालन गरेका छन् भने स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *