बर्दिवासमा वडा अन्तरस्तरीय फुटबल प्रतियोगिता हुने

बर्दिवास, कार्तिक

“स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने नारासहित बर्दिवास नगरपालिका वडा नं. ३ को आयोजनामा वडा अन्तरस्तरीय फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ। कार्तिक १० देखि १३ गतेसम्म सञ्चालन हुने यस प्रतियोगिता बर्दिवास नगरपालिका वडा नं. ३ स्थित गौरीडाँडा, मकालु होटलदेखि पूर्व क्षेत्रमा हुने छ।

यस प्रतियोगितामा नगरका खेलप्रेमीहरू र नगरवासीहरूको व्यापक सहभागिता हुने अपेक्षा गरिएको छ। प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमलाई नगद रु. २०,००० वा १० धार्नीको खसी पुरस्कार प्रदान गरिनेछ भने दोस्रो स्थानका लागि नगद रु. १५,००० वा ८ धार्नीको खसी पुरस्कार राखिएको छ। साथै, विजयी टिमहरूलाई प्रमाणपत्र र पदक पनि वितरण गरिने आयोजक समितिले जनाएको छ।

आयोजक बर्दिवास न.पा. वडा नं. ३ को कार्यालयले यस प्रतियोगितालाई खेलाडीहरूको प्रतिभा प्रदर्शन गर्ने अवसरमात्र नभएर नगरवासीहरूबीच एकताको भावना जागृत गराउने उद्देश्यले आयोजना गरिएको जनाएको छ। वडा अध्यक्ष बिराट कुमार बिष्टले सम्पूर्ण नगरवासीहरूलाई यस प्रतियोगितामा उपस्थित भई सफल बनाउन आग्रह गर्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *