

तेस्रो स्व. युवराज श्रेष्ठ स्मृति कप २०८१ अन्तर्गत आयोजित पूर्व प्राथमिक, प्राथमिक, र खुल्ला गरी ३ रनिङ सिल्ड प्रतियोगिता तथा जुनियर फुटबल (ब्वाइज), सिनियर फुटबल (ब्वाइज), र सिनियर फुटबल (गर्ल्स) लगायत ६ प्रकारका खेलहरूमा माउन्ट एभरेष्ट विद्यालयले उत्कृष्ट प्रदर्शन गर्दै उल्लेखनीय सफलता हासिल गरेको छ।

प्रतियोगितामा १२ विद्यालयका ४०० भन्दा बढी खेलाडीले भाग लिएका थिए। तीव्र प्रतिस्पर्धाबीच माउन्ट एभरेष्ट विद्यालयले महिला फुटबलमा प्रथम स्थान, पुरुष फुटबलमा तेस्रो स्थान, सिनियर रनिङ सिल्ड (एथलेटिक्स) मा दोस्रो स्थान, र जुनियर रनिङ सिल्ड (एथलेटिक्स) मा तेस्रो स्थान हासिल गरेको छ। एनप्याव्सन बर्दिवासले आयोजना गरेको प्रतियोगितामा १२ वटा विद्यालयहरुलाई पछाडी पार्दै युवराज स्मृति कपको उपाधी तेश्रो वर्ष पनि फ्लोरेन्स एकेडेमीले जितेको छ । तिन बर्ष अगाडी सर्पको टोकाईवाट ज्यान गुमाएका माईस्थान पब्लिक एकेडेमीका संस्थापक प्रधानाध्यापक युवराज श्रेष्ठको स्मृतिमा यो कप आयोजना हुँदै आएको छ।

सिनियर एथलेटिक्सतर्फ अन्तिम प्रतिस्पर्धामा माउन्ट बुद्ध सीता एकेडेमी र सप्तकविन्द्र शिक्षा निकेतनलाई पछि पार्दै फ्लोरेन्स एकेडेमीले प्रथम स्थान हासिल गरेको छ भने, माउन्ट बुद्ध सीता र सप्तकविन्द्र शिक्षा निकेतनले क्रमशः दोस्रो र तेस्रो स्थान पाएका छन्।जुनियर खेलमा नोवेल एकेडेमीले प्रथम स्थान, फ्लोरेन्स एकेडेमीले दोस्रो, र माउन्ट बुद्ध सीता खयरमाराले तेस्रो स्थान हासिल गरेका छन्। सिनियर छात्र फुटबलतर्फ पनि फ्लोरेन्स एकेडेमीले अन्तिम प्रतिस्पर्धामा सप्तकविन्द्र शिक्षा निकेतनलाई पराजित गर्दै उपाधि जितेको छ।सिनियर छात्रातर्फ माउन्ट बुद्ध सीता खयरमाराले नोवेल एकेडेमीलाई पछाडि पार्दै उपाधि जित्न सफल भएको छ।
