
नेपाल प्रिमियर लिग (NPL) को सबैभन्दा ठूलो क्रिकेट उत्सव अब स्टार स्पोर्ट्सको स्क्रिनमा प्रत्यक्ष प्रसारण हुनेछ। नेपाल क्रिकेटको यस ऐतिहासिक प्रतियोगितालाई संसारभरका क्रिकेटप्रेमीले अब प्रत्यक्ष रुपमा स्टार स्पोर्ट्समार्फत हेर्न पाउनेछन्।स्टार स्पोर्ट्सलाई नेपाल प्रिमियर लिग २०२४ को आधिकारिक प्रसारण पार्टनरको रूपमा घोषणा गरिएको छ। यो घोषणा नेपाल क्रिकेटको बढ्दो लोकप्रियतालाई अझ बलियो बनाउन महत्वपूर्ण साबित हुनेछ।नेपालका हिमालहरूको छायामा आयोजना हुने यो उत्सव #FestivalOfHimalayas भनेर चिनिन्छ। खेल प्रेमीहरूले अब आफ्ना मनपर्ने खेलाडी र टिमको रोमाञ्चक प्रतिस्पर्धा Star Sports मार्फत प्रत्यक्ष हेर्न सक्नेछन्।#NPLT20 | #NepalCricket
