दुर्गा प्रसाईं पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दोस्रो पटक पक्राउ गरेको छ। यसअघि उनलाई असोज ६ गते साइबर अपराध मुद्दामा पक्राउ गरिएको थियो।

यस पटक प्रसाईंलाई प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको आरोपसँग सम्बन्धित अनुसन्धानका लागि पक्राउ गरिएको हो। उनले प्रधानमन्त्री ओलीले भ्रष्टाचारमार्फत ३२ अर्ब रुपैयाँ कम्बोडियाको टेलिकममा लगानी गरेको दाबी गरेका थिए। उक्त दाबीसँगै प्रसाईंले स्क्रिनसट र प्रमाणस्वरूप केही कागजात सार्वजनिक गरेका थिए। तर ती कागजातको सत्यता शंकास्पद रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

भक्तपुरस्थित निवासबाट पक्राउ गरिएका प्रसाईंमाथि साइबर अपराध सम्बन्धी मुद्दा दर्ता गरिएको प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) होबिन्द्र बोगटीले जानकारी दिएका छन्। उनका अनुसार प्रसाईंले सार्वजनिक गरेको तथाकथित प्रमाणमा प्रधानमन्त्रीको हस्ताक्षर र नामसमेत गलत रहेको खुल्न आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *