सर्लाहीमा अवैध गाँजा खेती नष्ट

जिल्ला प्रहरी कार्यालय सर्लाहीको नेतृत्वमा भएको विशेष अपरेसन अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. १४ नारायणखोला मा अवैध रूपमा खेती गरिएका र प्राकृतिक रूपमा उम्रेका गाँजाका बोट नष्ट गरिएको छ।

प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (प्र.उ.) रविन्द्र बहादुर सिंहको कमाण्डमा १४० जना प्रहरी, सशस्त्र प्रहरी बल नं. १० गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (सशस्त्र उपरीक्षक) विनोद खनालको नेतृत्वमा ७० जना सशस्त्र प्रहरी सहभागी रहेर २१० जनाको टोली खटिएको थियो।

विशेष अपरेसनका क्रममा उक्त टोलीले करिब १२/१३ बिगाहा क्षेत्रफलमा फैलिएका अवैध गाँजाका बोट फडानी गरी आगो लगाएर नष्ट गरेको जनाइएको छ। यो अपरेसनमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका मातहतका ईलाका प्रहरी कार्यालयहरू केशरगञ्ज, हरिपुर, हरिवन, र लालबन्दीका कार्यालय प्रमुखहरू पनि सहभागी थिए।

अवैध लागू औषध नियन्त्रणमा सुरक्षाकर्मीहरूले सक्रियता देखाउँदै यस्ता अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्। प्रहरीका अनुसार लागू औषध गाँजाको खेती रोक्न स्थानीय जनचेतना र कडा निगरानी आवश्यक रहेको उल्लेख गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *