पेट्रोलियम पदार्थको मूल्य वृद्धि

इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा मूल्य वृद्धि गर्ने निर्णय गरेको छ।

निगम सञ्चालक समितिको निर्णयअनुसार फागुन १ (फेब्रुअरी १) को मध्यराति १२:०१ बजेदेखि नयाँ मूल्य लागू हुनेछ।नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर रु. २।००, डिजेल तथा मट्टितेल प्रतिलिटर रु. ४।००, आन्तरिक हवाई इन्धन प्रतिलिटर रु. ६।०० वृद्धि गरिएको छ। अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य काठमाडौँका लागि प्रति किलोलिटर ४३ अमेरिकी डलर ले बढाइएको छ भने पोखरा र भैरहवाका लागि ब्रेक इभेन पोइन्टमा मूल्य कायम गरिएको छ।

नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेशनबाट पेट्रोलमा प्रतिलिटर रु. १।५९, डिजेलमा रु. ३।५७, र हवाई इन्धनमा रु. ५।७० बढेर आएको जानकारी दिएको छ।

यद्यपि, एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *