
काठमाडौं काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठुलो परिमाणमा अवैध विदेशी मुद्रा ओसारपसार तथा कारोबारमा संलग्न एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीले टोखा नगरपालिका-२, झोरस्थित एक मालबाहक ट्रकबाट अमेरिकी डलर र युरो बरामद गरेको छ।गोप्य सूचनाका आधारमा प्रहरीले चैत ४ गते राति करिब ११ बजे ना. ७ ख १६५२ नम्बरको ट्रकलाई शंका लागि रोकेर खानतलासी गर्दा ड्राइभरको क्याबिनमा फल्स बटम बनाई लुकाइएका अमेरिकी डलर र युरो फेला पारेको हो। ट्रक चालक फुच्चे भन्ने कुसाङ लामा लाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।बरामद भएको रकमअमेरिकी डलर ($100 दरका नोट) – ३,११९ थानअमेरिकी डलर ($50 दरका नोट) – १७९ थानयुरो (€500 दरका नोट) – ११ थानयुरो (€200 दरका नोट) – ४८० थानयुरो (€100 दरका नोट) – ४,१४८ थानयुरो (€50 दरका नोट) – १७,१७७ थानबरामद विदेशी मुद्राको नेपाली मूल्य – रु. २५ करोड १९ लाख २४ हजार ९५० ।
