सर्लाहीमा ११२ किलोभन्दा बढी गाँजासहित एकजना पक्राउ

सर्लाहीको लालबन्दी नगरपालिका–१४ स्थित डाइनी खोला छेउबाट प्रहरीले ११२ किलो ७८ ग्राम लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पक्राउ पर्नेमा ४२ वर्षीय सोमबहादुर तामाङ रहेका छन्।

इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरी गस्ती टोलीले सोमबार राति १० बजे उक्त स्थानमा पुगेर तामाङलाई पक्राउ गरेको हो। उनले गाँजा ओसारपसार गर्न प्रयोग गरेको भारतीय नम्बर प्लेट (BR 32 AN 0817) भएको स्कारपियो गाडी र लु.२२ प ३८९४ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ।

प्रहरीका अनुसार तामाङले गाँजा प्लास्टिकमा प्याक गरेर गाडीमा राखेका थिए। घटनास्थलमा प्रहरी पुगेकै बेला गाँजाको कारोबारमा संलग्न अन्य व्यक्ति भने फरार हुन सफल भएका थिए।

पक्राउ परेका तामाङमाथि लागुऔषध सम्बन्धी मुद्दा दायर गरी सर्लाही जिल्ला अदालतबाट ८ दिनको म्याद थप गरेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। यस्तै, फरार रहेका अन्य व्यक्तिहरूको खोजी तथा अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *