बर्दिबासमा प्रतिबन्धित लागुऔषध सहित एक पक्राउ

महोत्तरी, बर्दिबास नगरपालिका–१४ स्थित गौतम होटल अगाडि अवैध लागुऔषध कारोबार भइरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बर्दिबासबाट प्र.ब.ना.नि. मिन बहादुर रावल र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासबाट प्र.ना.नि. सरोज कुमार अधिकारीको कमाण्डमा संयुक्त प्रहरी टोली खटिएको टोलीले शंका लागि ज.७ प.१३८८ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा, मोटरसाइकलमा कालो प्लास्टिकको पोका भित्र लेगगार्डमा झुण्ड्याई लुकाईछिपाई राखिएको अवस्थामा प्रतिबन्धित लागुऔषध WIN COREX 100 ML का जम्मा १७ बोतल बरामद भएको छ।

मोटरसाइकल चालक सर्लाही, बलरा नगरपालिका–१०, सुदामा स्थायी घर भई हाल महोत्तरी, बर्दिबास नगरपालिका–१४ बसोबास गर्दै आएका वर्ष २७ का शशिभूषण सिंह रहेको खुलेको छ।

बरामद लागुऔषध र प्रयोग गरिएको मोटरसाइकलसहित पक्राउ परेका शशिभूषण सिंहलाई आवश्यक कारवाही तथा थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय बर्दिबास, महोत्तरीमा राखिएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *