बर्दिबास नगरपालिकाभित्र रहेका विद्यालयहरूमा गर्मी विदा

बर्दिबास, महोत्तरी — बर्दिबास नगरपालिकाले अत्यधिक गर्मी र तातो हावाका कारण विद्यालय बन्द गर्ने निर्णय गरेको छ। केही दिनयता बढ्दो गर्मीले विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने भएकोले नगरपालिकाले यस्तो निर्णय लिएको हो।नगर कार्यपालिकाको कार्यालयबाट जारी सूचनामा भनिएको छ, “२०८२ सालको शैक्षिक सत्र अन्तर्गतको पठनपाठन २०८२/०३/०१ गतेदेखि २०८२/०३/०३ गते मङ्गलवारसम्मका लागि बन्द गरिएको छ।”यस अवधिमा बर्दिबास नगरपालिका क्षेत्रभित्रका सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरू सबै बन्द रहने छन्।नगरपालिकाका उपसचिव रेवती प्रसाद पराजुलीद्वारा हस्ताक्षरित सूचनामा विद्यार्थीहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै अस्थायी विदा दिइएको उल्लेख गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *