लक्ष्मीनारायण जनता माविको बगैँचा ठेक्का सम्पन्न

बर्दिबास नगरपालिका वार्ड नं १० मा रहेको श्री लक्ष्मीनारायण जनता माध्यमिक विद्यालयको आफ्नो स्वामित्वमा रहेका बर्दिबास नगरपालिका वार्ड नं १० र ११ मा रहेका आफ्ना जग्गाहरूमा लगाइएको बगैँचाको आप पुरानो ठेक्काको समय सकिए लगत्तै नयाँ ठेक्का लागेको छ।

बर्दिबास नगरपालिका १० र ११ मा भिन्दाभिन्दै ९/१० ठाउँमा लगभग १० बिगाहामा करिब करिब ४०० ओटा आपका बोटहरू रहेको बगैंचा अघिल्ला वर्षहरूमा दुई लाख ८० हजारमा ठेक्का लागेको थियो। यो आपको सिजन सकिए सँगसँगै तीन वर्षका लागि दिइएको पुरानो ठेक्काको समय पनि सकिएको छ।पुरानो ठेक्काको समयावधि सकिए लगत्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गामान लामा तथा यसै विद्यालयका नवनियुक्त प्र.अ. नवराज दाहालको अग्रसरतामा गएको श्रावण १८ गते विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष, बर्दिबास १० र ११ का राजनैतिक व्यक्तित्व, समाजसेवी बुद्धिजीवी तथा भद्र भलादमीहरूलाई विद्यालयमा आमन्त्रण गरी विद्यालयको स्वामित्वमा रहेको बगैँचाहरूको स्थलगत अवलोकन गराउनुभएको थियो।

अवलोकनका क्रममा बगैंचा कस्तो अवस्थामा रहेको, आपका बिरुवाहरू थप्नुपर्ने नपर्ने एकिन गरिएको तथा के कति फल दिने आपका बोटहरू रहेको र सो अवलोकनकै आधारमा डाक बढाबढ प्रक्रियाद्वारा नयाँ ठेक्का सम्झौता गर्न सफल भएको विद्यालयका प्र.अ. नबराज दाहालले बताउनुभयो।साउन २५ गते प्रत्यक्ष डाक बढाबढ प्रतिक्रियाद्वारा आप ठेक्का सबभन्दा बढी बोलकबोल गरी बर्दिबास नगरपालिका वडा नम्बर ११ निवासी विनय यादवले प्रतिवर्षका दरले रु ८ लाख १० हजारमा ठेक्का लिएका छन्। बोल कबोलको १०% रकम जम्मा गर्नुपर्ने शर्तानुसार यादवले रु ८१ हजार पनि बुझाएका छन्। ठेक्काको शर्त अनुसार वार्षिक ८ लाख १० हजारका दरले तीन वर्षमा हुन आउने कुल रकम २४ लाख ३० हजारको बैंक ग्यारेन्टी वा धनजमानी ३५ दिनभित्र विद्यालय प्रशासन समक्ष बुझाउनुपर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *