
बर्दिवास नगरपालिका १० मा रहेको श्री लक्ष्मी नारायण जनता माध्यमिक विद्यालयमा अभिभावकहरूको उल्लेख्य उपस्थितिमा शिक्षक अभिभावक संघ गठन भएको छ। शिक्षा ऐनमा उल्लेख भएबमोजिम विद्यालयको सामाजिक लेखा परीक्षण, शैक्षिक गुणस्तर, शैक्षिक प्रगतिको समग्र लेखाजोखा गरी विद्यालयको गुणस्तर वृद्धिका लागि संघको महत्वपूर्ण भूमिका रहनेछ। लामो समयदेखि गठन हुन नसकेको शिक्षक अभिभावक सङ्घ विद्यालयको प्राङ्गणमा डाकिएको भेलाबाट गठन भएको हो। शिक्षक अभिभावक संघमा निम्न अध्यक्ष लगायत सदस्यहरू चयन हुनुभएको छ :-
१. श्री कृष्ण व. श्रेष्ठ – अध्यध्य
२. श्री तिलक व. खड्का – सदस्य
३. श्री निता कु. वर्मशाखा – सदस्य
४. श्री लक्ष्मी माया वाइवा – सदस्य
