१० किलो गाँजा सहित दुई जना भारतीय नागरिक पक्राउ ।

महोत्तरी । महोत्तरीको औरही नगरपालिका–१, औरही चोकमा प्रहरीले नियमित चेकजाँच गर्ने क्रममा १० किलो गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ।मंगलबार दिउँसो करिब ४ः३० बजेतिर बर्दिवास–जलेश्वर सडकखण्ड हुँदै दक्षिणतर्फ जाँदै गरेको BR30A 0608 नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा लागू औषध फेला परेको हो।प्रहरीका अनुसार मोटरसाइकल चालक भारत, बिहार राज्य वैशाली जिल्लाका २७ वर्षीय गोबिन्द राम र पछाडि सवार २१ वर्षीय एकवाल मोहम्मद पक्राउ परेका हुन्। उनीहरूले बोकिरहेको कालो झोलामा प्लास्टिकले बेरिएको अवस्थामा ५–५ किलोका दुई पोका गरी १० किलो गाँजा लुकाइ–छिपाइ राखेको भेटिएको प्रहरीले जनाएको छ।बरामद गरिएको लागू औषध र पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय गौशाला लगिएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।प्रहरीले सीमावर्ती क्षेत्रमा लागू औषध तथा अवैध कारोबारविरुद्ध चेकजाँच कडाइ गरिएको र यसप्रकारका गतिविधिमाथि कडा निगरानी राखिरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *