
ट्राफिक प्रहरी प्रभाग दरबारमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न ७ जनालाई प्रहरीले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ। घिमिरे खोटाङको मजुवागढी नगरपालिका १ घर भई हाल काठमाडौँ टोखा नगरपालिका १० गोङ्गबुको गणेशथान बस्दै आएका नेपाल प्रहरीमा कार्यरत थिए।
घिमिरे घर जाने बाटोको प्राविधिक पक्षहरुको विश्लेषण गर्दा विगतमा चोरी लुटपाट कुटपिट लगायतका अपराधमा संलग्न व्यक्तिहरूलाई अनुसन्धान गरेर प्रहरीले हत्यारालाई फक्रिएको छ।
एक राउन्ड हवाई फायर गरी पक्राउ गरिएको प्रहरीले बताएको छ। पत्रकार सम्मेलनका क्रममा आइतबार काठमाडौँ प्रहरी प्रमुख एसएसपी बसन्त रजौरेले पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण १ स्थायी घर भएका २१ वर्षीय आइते भनिने सचिन परियार, नुवाकोटका वर्ष १८ कि अन्जली श्रेष्ठ, स्याङ्जा आधिखोला गाउँपालिका ३ स्थायी घर भएका ५६ वर्षीय नुनमाया कार्की, नुवाकोट स्थायी घर भएका २१ वर्षीय बुद्ध लामा तामाङ, सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका १ घर भएका ३० वर्षीय दोर्जे भनिने अमृत तामाङ र उदयपुर स्थायी घर भएकी १३ वर्षका नाबालक छन्।
उनीहरू सडक पेटीहरुमा बस्दै आएका थिए। उनीहरुलाई काठमाडौँ जिल्ला तारकेश्वर नगरपालिका मनमैजु क्षेत्रबाट पक्राउ गरिएको थियो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
