प्रधानमन्त्री दाहाललाई विश्वासको मत

संघीय संसदको प्रतिनिधिसभामा विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कदमले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग सत्तापक्षको सम्बन्ध थप तितो बनेको देखिएको छ। प्रधानमन्त्रीले चौथोपटक विश्वासको मत लिने आजको कार्यक्रम सहकारी प्रकरणमा संसदीय छानबिन समितिको माग गरिरहेको कांग्रेसको नाराबाजी र अवरोधका बीच अघि बढाइएको थियो।

विश्वासको मतको निम्ति प्रधानमन्त्री प्रचण्डले राखेको प्रस्तावलाई सभामुख देवराज घिमिरेले कांग्रेसको नाराबाजीकै बीच मतदानमा लगे। कांग्रेस सहभागी नभएको उक्त मतदानमा प्रधानमन्त्रीको पक्षमा १५७ जना सांसदले मत दिएकोमा विश्वास मत दिन्न भन्नेमा एक मत परेको सभामुख देवराज घिमिरेले बताए।

पहिलो बैठकमा पटकपटक आग्रह गर्दा पनि विश्वासको मत दिने कार्यक्रम अघि बढाउन कांग्रेस सांसदहरु तयार नभएपछि सभामुखले १५ मिनेटको निम्ति भन्दै बैठक स्थगित गरे र दोस्रो बैठकमा पनि कांग्रेसको अवरोध जारी रहेपछि उनले प्रधानमन्त्रीलाई प्रस्ताव पेश गर्न र छलफलमा उठेको प्रश्नको जवाफ पेश गर्न समय दिए। जसपा नेपालले समर्थन फिर्ता लिएकाले प्रधानमन्त्रीले विश्वासको मत लिएका हुन् तर एक महिनाभित्र लिन सकिने व्यवस्था हुँदाहुँदै प्रधानमन्त्री प्रचण्ड हतारिएको भन्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सभामुखलाई पनि निशाना बनाए

Leave a Reply

Your email address will not be published. Required fields are marked *