
काठमाडौं ।
क्रिकेटर सन्दीप लामिछाने विश्वकप क्रिकेट खेल्न पाउने नपाउनेमा अन्यौलमा परेका छन् । काठमाडौंस्थित अमेरिकी दूतावासले उनको भिसा अस्वीकार गरेको हो। लामिछानेले सामाजिक सञ्जालबाट यसप्रति दुःख व्यक्त गरेका छन् ।

यसअघि २०१९ मा पनि उनको भिसा अस्वीकार भएकोमा पछि भिसा पाएका थिए ।उनले विश्वकप खेल्न जान नपाएकोमा समर्थकसँग माफी मागेका छन् । लामिछानेले दुई साताअघि बलात्कार मुद्दामा सफाइ पाएका थिए । सफाइ पाएलगत्तै उनलाई टी–२० विश्वकप खेलाउन अमेरिका पठाउने क्रिकेट संघको तयारी थियो । तर, भिसा अस्वीकृत भएसँगै उनको विश्वकप खेल्ने बाटो रोकिएको हो ।
