लागु औषध गाँजा सहित मानिस पक्राउ

मिति २०८१।०२।०९

लालबन्दी नगरपालिका ७ बजार स्थित बर्गर हाउस अगाडि पाँच किलोग्राम लागुऔषध गाँजा सहित एक जना पक्राउ परेका छन।

इलाका प्रहरी कार्यालय लालबन्दीको प्रहरी टोलीले संकास्पद अवस्थामा प्लाष्टिकको बोरा बोकिरहेको देखि उक्त प्लास्टिकको बोरा खोलेर हेर्दा गहुको दानामा लुकाई राखेको अवस्थामा पाँच किलो गाँजा बरामद भएको छ।

पक्राउ पर्नेमा जिल्ला महोत्तरी जलेश्वर नगरपालिका ९ बस्ने नगेन्द्र सिंह रहेका छन्। उनलाई हिरासतमा राखेर आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *