श्रृङ्खला खतिवडाले नारा लगाएको भिडियो भाइरल

पूर्व मिस नेपाल श्रृङ्खला खतिवडा जो अहिले पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको बुहारी पनि हुन्। कान्तिपुर मिडियाको कार्यालयबाट ससुरा सिरोहिया पक्राउ परेपछि उनी थप चर्चामा छिन्।

यतिबेला चर्चामा पर्नुको मुख्य कारण हो उनले आफ्नो ससुरालाई प्रहरीले नियन्त्रणमा लिरहदा गृहमन्त्री मुर्दाबाद भन्दै नारा लगाइरहेकी थिइन्। श्रृङ्खला खतिवडाले नागरिकता मुद्दामा अनुसन्धानको लागि पक्राउ परेपछि कान्तिपुरका अध्यक्ष कैलाश सिरुभियालाई बाहिर पर्खिरहेकी थिइन्. त्यसै क्रममा उनले गृहमन्त्री मुर्दाबाद भन्ने नारा लगाइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।

पूर्व मिस नेपाल श्रृङ्खला खतिवडा सिरोहियाका छोरा सम्भव सिरोहियासँग केही वर्ष पहिले विवाह बन्धनमा बाँधिएकी थिइन्। श्रृङ्खला खतिवडा २०१८ को मिस नेपाल हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *