
Photo:- ANI
चेन्नईको एमए चिदम्बरम स्टेडियममा भएको आईपीएलको फाइनल खेलमा कोलकाता नाइट राइडर्स (केकेआर)ले सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गरेको छ ।
योसँगै कोलकाताले तेस्रो पटक आईपीएलको उपाधि जितेको छ । यसअघि कोलकाताले सन् २०१२ र २०१४ मा यो प्रतियोगिता जितेको थियो।हैदरावादले टस जितेर पहिले ब्याटिङ गरेको थियो। प्रतियोगिताभर ठूलो रन बनाएको हैदरावादको टोली आईपीएल फाइनलको इतिहासमा सबैभन्दा कम स्कोरमा सिमित भयो। पूरै टोली १८.३ ओभरमा ११३ रनमा आउट भयो।
