
श्रमाधान रोजगार मेला मा बर्दिबास ११, खयरमारामा स्थित निर्मल लामा बहुप्रविधिक शिक्षालयबाट स्टल राखी सहभागिता जनाउदै।
नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, मधेश प्रदेश, श्रम तथा यातायात मन्त्रालय र स्थानीय सरकारको नेतृत्वमा सातै प्रदेशमा श्रमाधान रोजगार मेला २०८१ को आयोजना गर्ने सिलसिलामा मधेश प्रदेशमा नेपाल उद्योग परिसंघको सह-आयोजनामा रोजगार मेला आज शनिबार सुरु भएको छ।
उक्त रोजगार मेला २०८१ जेठ १९ र २० गते उद्योग वाणिज्य संघ, जनकपुरधामको सभाहल भइरहेको छ। रोजगार मेलामा रोजगारी, सिप र श्रमको बारेमा जानकारी लिन सकिन्छ। वैदेशिक रोजगारी बाट फर्किएकाहरूका लागि लागि र देशमै केही गर्छु भन्नेका यो मेलामा धेरै कुराहरू सिक्ने अवसर राखिएको छ।
मेला भोलिसम्म चल्ने छ ।
