टि ट्वान्टी विश्वकप अन्तर्गत आज नेपाल र नेदरल्यान्ड भिड्दै

आइसिसी टि ट्वान्टी विश्वकप अन्तर्गत आज नेपाल र नेदरल्यान्ड भिड्दैछन्। आजको खेल नेपाली समयअनुसार राति सवा नौ बजेदेखि ग्रान्ड प्रेरी स्टेडियम टेक्सासमा खेल हुँदै छ।

त्यस्तै नेपालमा भने काठमाडौँ महानगरपालिकाले टिट्वान्टी विश्व कप खेलको निःशुल्क प्रत्यक्ष प्रसारण गर्दै छ। महानगरपालिकाले टुँडिखेल, तीनकुने र हाँडीगाउँमा ओपन डोर्स इन्टरटेनमेन्टको सह आयोजना र खेलकुद मन्त्रालयको सहकार्यमा प्रत्यक्ष प्रसारण गर्न लागेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *