
सर्लाही, २३ जेठ २०८१
सर्लाही जिल्लाको लालबन्दी नगरपालिका वडा नं. १४ मिलन चोक आसपासको क्षेत्रबाट १६ क्विन्टल १२ केजी ८५० ग्राम प्रतिबन्धित लागु औषध गाँजा बरामद भएको छ। विशेष सूचनाको आधारमा, मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर, लागु औषध नियन्त्रण व्यूरो जनकपुर शाखा, जिल्ला प्रहरी कार्यालय सर्लाही र इलाका प्रहरी कार्यालय लालबन्दीको संयुक्त टोलीले यहि मिति २०८१ जेठ २३ गते साँझ १६:३० बजे उक्त स्थानमा छापामारी गरी गाँजा बरामद गरेको हो।छापामारीको क्रममा प्रहरी टोलीले गाँजा लुकाई राखिएको विभिन्न किसिमका ड्रम, बोरा र लागु औषध गाँजा च्याप्ने मेसिन तथा अन्य उपकरण समेत बरामद गरेका छन्। बरामद गाँजा र उपकरणलाई कानूनी प्रक्रिया अनुसार जफत गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लालबन्दीले जानकारी दिएको छ।
यस सफलता प्राप्तीमा संलग्न सबै सुरक्षा निकायहरु धन्यवादको पात्र छन् र यस कार्यले अवैध लागु औषध कारोबारमा संलग्न व्यक्तिहरु विरुद्ध कडा सन्देश प्रवाह भएको छ। सम्बन्धित निकायले यस विषयमा थप अनुसन्धान गरी आवश्यक कानूनी कारबाही अगाडि बढाउने प्रतिबद्धता जनाएका छन्।

