सन्दीप लामिछानेले पुरुष टी-२० विश्वकप २०२४ खेल्ने

मिति : २८ / ०२ / २०८१

सन्दीप लामिछानेले पुरुष टी-२० विश्वकप २०२४ खेल्ने भएका छन्। लामिछाने वेस्ट इन्डिज प्रस्थान भई नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश निकालेको प्रेस विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा लेखिएको छ”जारी आईसीसी का लागि नेपाली खेलाडी सन्दीप लामिछाने वेस्ट इन्डिज प्रस्थान भई नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने जानकारी गराउन चाहन्छौं। सम्मानित उच्च अदालत पाटनले गत मे १५ मा दिएको फैसलासँगै नेपाल क्रिकेट संघले पूर्व घोषित टिमबाट युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गर्दै सन्दीप लामिछानेलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आईसीसी सामु पेशगरेको थियो।सन्दीप लामिछाने गत मे १६ तारिखदेखि नै नेपालको अफिसियल स्क्वाडमा रहेका तर उनको अमेरिकी भिसा प्राप्त नभएता पनि आईसीसीसँग समन्वय गरी वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका तथा बंगलादेश विरुद्ध नेपालका दुई खेलमा उनको उपस्थिति रहने जानकारी गराउन चाहन्छौं।साथै, सन्दीप लामिछानेको भिसासँग सम्बन्धित क्यान प्रति लक्षित नकारात्मक वक्तव्यबाजी सत्य नरहेको जानकारी समेत गराउँदछौं।यस्ता अनावश्यक र आधारहीन वक्तव्यबाजीतर्फ नलागी, नेपाली क्रिकेटका शुभचिन्तक सबैले देखेको हाम्रो नेपालीक्रिकेटको उज्ज्वल भविष्य साकार पार्न यहाँको आफ्नो क्षमताले भ्याएसम्म स-साना भएपनि सकारात्मक टिप्पणीसहितप्रयास र पहल गरिदिनुहुने हार्दिक आह्वान गर्न चाहन्छौं। नेपाली क्रिकेटका सम्पूर्ण समर्थकहरूलाई, व्यक्तिगत तथाराजनीतिक लाभका लागि गरिएका फलहीन मिडियाबाजीबाट विचलित नभई नेपाली राष्ट्रिय क्रिकेट टिमलाई यसविश्वकपमा सक्दो हौसला प्रदान गरिदिनुहुन अनुरोध गर्दछौं।दश वर्षपछि नेपालले सहभागिता जनाइरहेको क्रिकेटको यस महा-उत्सवमा सम्पूर्ण नेपाली क्रिकेट समर्थकहरू एक ढिक्का भई नेपाली क्रिकेट टोलीको हौसला बढाइदिनुहुन समेत हार्दिक आह्वान गर्दछौं।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *