बर्दिबासमा शिवपुराण महायज्ञको आयोजना हुने

बर्दिबासमा आगामी श्रावण २१ गतेदेखि २९ गतेसम्म शिवपुराण महायज्ञको आयोजना गरिने भएको छ। सडक बालबालिका एवं सडक मानवहरूको व्यवस्थापनका निमित्त “हाम्रो माया घर बर्दिबास” निर्माणार्थ सो महायज्ञ आयोजना गर्न लागिएको हो।

आज बर्दिबासको गौतम होटलमा आयोजित पत्रकार सम्मेलनमा महायज्ञ मूल समितिका संयोजक हिरा गौतमले महायज्ञबाट १ देखि १.५ करोडसम्म रकम संकलन गर्ने अनुमान रहेको जानकारी दिनुभयो। महायज्ञको प्रमुख वाचिकाको रूपमा श्री राधिका दासीजी रहने बताइएको छ। महायज्ञ स्थल बर्दिबास महोत्सव लाग्ने स्थान नजिकै रहेको गौतम होटलको छेउमा रहेको छ।महायज्ञको माध्यमबाट संकलित रकमले “हाम्रो माया घर बर्दिबास” निर्माण गरी सडक बालबालिका तथा मानवहरूको सहयोग गर्ने उद्देश्य राखिएको छ।

समाजमा रहेका यी असहायहरूको जीवन सुधार्न महायज्ञले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।महायज्ञको सफल आयोजनाका लागि बर्दिबासवासीहरू तथा विभिन्न संघसंस्थाहरूको सहयोग र सहभागिता रहने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *