बर्दिबास न. पा. ११ खयरमारामा चट्याङको प्रकोपले जनधनको क्षति

असार २५ गते

आज बिहान ५:५५ मा खयरमारा, बर्दिबास न. पा. ११ स्थित गणेश बोगटीको घर गोठमा परेको चट्याङले दुहुनो भैँसी, पाडी र बाख्रा मरेका छन्। यस घटनामा गणेश बोगटीको खुट्टामा चोट लागेको छ।

स्थानीय बासिन्दाहरूले घटनाको खबर सुनेर तुरुन्तै घटनास्थलमा पुगेका थिए र पीडित परिवारलाई सहयोग गरेका छन्। सम्बन्धित निकायहरूलाई यस घटनाको जानकारी गराइए पनि तत्काल सहायता आवश्यक छ। खयरमारा बासिन्दाहरूले पीडित परिवारको पक्षमा सहयोगको लागि अनुरोध गरेका छन्।

बर्षा मौसममा बाढी, पहिरो र चट्याङ जस्ता प्राकृतिक विपदहरूको जोखिम बढ्दो छ। यसै कारण, सबैलाई सचेत रहन र सम्भावित दुर्घटनाबाट जोगिन अपिल गरिएको छ। प्राकृतिक विपदहरूबाट सुरक्षित रहन सावधानी अपनाऔं र एकआपसमा सहयोग गरौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *