निष्पक्षता र समावेशीता हराएको खयरमारा


उदब धमला, खयरमारा

पछिल्लो समय म खयरमाराको भद्र्भलाद्मी,समाजसेवी राजनीतीज्ञ र जनप्रतिनिधिहरुले यहाँका सर्वसाधारणहरुलाइ हेर्न नजर र सर्वसाधारणले गर्ने विश्वासलाई केलाउँदै आइरहने क्रममा समग्रमा खयरमारालाइ बुझ्दा खयरमारामा नयाँटोलबाट तलतिर बरमथानसम्म,तल्लो १६ नम्बर , तल्लो बयलबास र सात नम्बरमा तल्लो सात नम्बरका नागरिकहरुलाइ हेर्दा यहाँका नागरिकहरू समाजको कुनैपनी गतिविधिमा अथवा खयरमारामा सिर्जना भएको करार रोजगारीको क्षेत्रमा संलग्न भएको पाइन्न।

○ # के यो क्षेत्रमा बसोबास गर्ने नागरिकले चासो नदेखाएका नै हुन त ?? => कदापि हैन ।
म पनि यहीँ बसोबास गर्दछु। मलाई लाग्छ हामीलाई जनप्रतिनिधि ,समाजसेवी राजनीतिज्ञ र भद्रभलाद्मीहरुले हेर्ने नजर र हामीले भुस्याहा कुकुरलाई हेर्ने नजर एउटै रहेको छ भन्दा पनि फरक नपर्ला । जस्तो कि हामीले भुस्याहा कुकुरलाई तिहारमा कुकुर तिहारको दिन मात्रै खोजी खोजी पूजा गर्ने र खाना खुवाउने गर्दछौं भने त्यसपछिका अन्य दिनहरुमा कारणवश हामीकहाँ कुकुर आइहाल्यो भनेपनी लाठी र मुङ्रोले हानेर धपाउने गर्दछौं । त्यस्तै व्यवहार हामीमाझ पनि भएको अनुभव गरेको छु । कसरी भन्नुहुन्छ भने हामीमाझ पनि चुनावको समयमा यसलाई भोट हाल्नुस भन्दै उहाँहरू हामीलाई खोज्दै घरघरमा आउनुहुन्छ तर चुनावपछिका दिनहरुमा कुनै क्षेत्रको समिती चयनमा सहभागिताका लागि नत खबर नै गरिन्छ । खबर नै नगरेता पनि हामीले थाहा पाएर उपस्थित भयौं र त्यहाँ सहभागिताका लागि कुरा उठाउँदा नत कुरा नै सुन्ने गर्दछन ।
○खयरमारामा समिति चयन कसरी हुन्छ ?
यहाँ विद्यालयको समिति चयन गर्दा पहिला अभिभावकहरुलाइ समिति चयनका लागी उपस्थित हुन मिति सहित खबर गरिन्छ । जुन दिन समिती चयन गर्ने हो त्यसको अघिल्लो दिन राजनीति दलको गोप्य वैठक हुन्छ र त्यस बैठकबाट अध्यक्ष चयन गरिसकेको हुन्छ र भोलिपल्ट समिति चयन कार्यक्रम सञ्चालन गरिन्छ।

शिक्षा नियमावली अनुसार अभिभावकहरुमध्यबाट समितिको सदस्य र अध्यक्ष छनौट हुने प्रावधान रहेको छ।तर यहाँ अभिभावकबाट सदस्य चुनिन्छ भने अध्यक्ष चाहिँ अघिल्लो दिन राजनीति दलको बैठकले गोप्य मिटिङ बसेर छनेको व्यक्ति जो वास्तविक अभिभावक हुँदैन तर शिक्षा प्रेमी भन्दै राजनीति दल र भद्रभलाद्मीले अध्यक्ष बनाइदिन्छ भने वास्तविक अभिभावक सदस्यमा मात्र सिमित रहेर ताली बजाउँदै बस्नुपर्ने निरीह अवस्था छ । जसको फलस्वरूप अहिले लक्ष्मी नारायण स्कुल समिति विहिन हुनुका साथै अहिलेको कक्षा १२ को नतिजामा जम्मा ३ जना विद्यार्थी मात्र उतिर्ण हुन सफल भएको अवस्था हुनुका साथै सबै विषयमा फेल विद्यार्थी पनि रहेको दयनीय अवस्था सिर्जना भएको छ। यसबाट हामी प्रष्ट हुन सक्छौं कि यहाँ समिति चयनमा प्रक्रिया पूरा गरेको देखाउन सर्वसाधारण बोलाइन्छ तर वास्तविकता भने अर्कै हुन्छ ।

 भर्खरै एम्बुलेन्स सञ्चालनका लागि सञ्चालक समिति चयनमा पनि सर्वसाधारण बोलाइयो बोलाइएन थाहा भएन तर बजारतिर घुम्दै जाँदा स्वास्थ चौकीमा मानिसहरुको जमात देखेर बुझ्न जाँदा त्यहाँ समिति चयन कार्यक्रम चलिरहेको रहेछ । त्यस समिति चयन कार्यक्रमबाट सदस्य चयन त गर्यो तर अध्यक्ष चयनमा अध्यक्षका लागि रहुफ अन्सारी र प्रेम लामा दुबैजनाले दाबी गर्दै गर्दा सदस्यहरुले दुई जनामध्ये एकजना चयन गर्नुपर्ने भयो र त्यहाँबाट रहुफ अन्सारीले अध्यक्ष पाउने जस्तो माहोल बन्यो । त्यसपश्चात अध्यक्ष चयन कार्यक्रम त्यस दिनका लागि स्थगित गरियो र पछि जनमास बोलाइयो बोलाइएन थाहा भएन तर अध्यक्षमा ११ नम्बर वडाका वडा सदस्य लक्ष्मण शाह ज्यु अध्यक्षमा चयन हुनुभएछ ।

ड्राइभर छनौटमा योग्यता र क्षमतालाई कदर गर्दै उहाँले निश्पक्ष छनौट गरी खयरमारामा उल्लेखनीय काम गर्नुभएको छ । म उहाँको कामप्रति धेरै नै खुशी छु । सर्वसाधारण बाहेक जनप्रतिनिधि र समिति मध्य खयरमारामा मैले देखेको पहिलो निश्पक्ष व्यक्ति उहाँ लक्ष्मण शाह ज्यू हुनुहुन्छ । तरपनि मलाई एम्बुलेन्स समितिको अध्यक्ष चयनमा भने अलिकति कताकता संकोछ भने खड्की नै रहेको छ । यस विषयमा विस्तृत अध्यन गरेर पछि खयरमारा पोष्टलाइ जानकारी गराउने नै छु । अब,
○खयरमारामा सर्वसाधारणले रोजगार कसरी प्राप्त गर्छन त ?
यो रोजगारीको विषयमा कुरा गर्दा यहाँ प्रायः बजार , भेटनरी र सिटिभिटी वरिपरि र आसपासका व्यक्तिहरु बढी भन्दा बढी स्कुल,सिटिभिटी, अस्पताल र वडा आदिमा करारमा कार्यरत छन । अन्तका भने फाट्टफुट्ट भेट्न सकिन्छ तर हामी बसोबास गरेको तिरको भने एकजना पनि कुनै पनि क्षेत्रमा कर्मचारी भएर काम गर्न पाएका छैनौं । यो दु: खद कुरा हो बजार आसपासका व्यक्तिहरु सबै क्षेत्रमा कोहि न कोहि कार्यरत हुँदा पनि हाम्रोतिरको टोलबाट नै कुनै पनि व्यक्ति कुनै पनि क्षेत्रमा कार्य गर्न पाएका छैनौं ।
○कुनै एक व्यक्ति दुई – दुई क्षेत्रमा समिति भइरहँदा हाम्रो तिरको टोल नै समिति शुन्य भएको अवस्था छ।
○नगरपालिकाले पहिल्यै बाट करारमा कार्यरत रहेका वडाका र अस्पतालका कर्मचारी फेरबदल गर्न खोज्दा पहिल्यैदेखि कार्यरत व्यक्तिलाई यथास्थानमा राख्नका लागि रातदिन नगरपालिकामा दौडधूप गरेर सफलता हासिल गर्न सक्ने जनप्रतिनिधि हाम्रोतिर भने रोजगार शून्य टोल भएको अवस्था छ ।
○बजार आसपासका व्यक्तिहरु प्रत्येक क्षेत्रमा कोहि न कोहि संलग्न भइरहँदा हामी बसोबास गरेको क्षेत्रबाट कोहि पनि व्यक्ति कुनै एउटा पनि क्षेत्रमा संलग्न हुने अवसर पाएका छैनौं ।
○ अब मेरो प्रश्न
​किन हामीलाई समाजसेवाका क्षेत्र तथा रोजगारका क्षेत्रबाट अलग्याiँ दै छ ?
​के हामी सबै क्षेत्रका लागि अयोग्य नै हौं र ?
​कुनै व्यक्तिको लागि रातदिन नभनी नगरपालिका धाउन सक्ने जनप्रतिनिधि हाम्रो भने टोलकै लागि पनि सोच्न सक्दैन ??
​हाम्रो अधिकार भनेको मताधिकारमा मात्रै सिमित हो? यसमा मैले आपत्ति जनाएको छु।
मैले यो विषय उठाइरहँदा कसैको रिस र डाहा गरेको भने चाहिँ होइन । यो विषयलाई हामीले गम्भीरताका साथ मनन गरेर खयरमाराको हरेक टोलबाट सबै असल क्षेत्र , गतिविधि र रोजगारीमा समानताका साथ समेट्ने वातावरण सिर्जना गर्नु नै पर्ने छ।
खयरमाराको प्रत्यक क्षेत्रको गतिविधिमा पारदर्शी , जवाफदेही ,समानता, समता र सुशासन कायम गर्दै समतामूलक सिद्धान्तमा आधारित खयरमारा निर्माण गर्न सके दिगो विकास कार्यमा तीव्रता आउने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *