सन्दीप लामिछानेको टी–२० अन्तर्राष्ट्रियमा १ सय विकेटको माइलस्टोन पूरा

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले टी–२० विश्वकप क्रिकेटको आफ्नो अन्तिम खेलमा एक सय विकेटको माइलस्टोन पूरा गरेका छन्। उनले ५४औं खेलमा यो उपलब्धि हासिल गरेका हुन्।

टी२० अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो १ सय विकेट लिने खेलाडीहरूको सूचीमा सन्दीप दोस्रो स्थानमा परेका छन्। यसअघि, अफगानिस्तानका लेग स्पिनर रशिद खानले ५३ खेलमा यो माइलस्टोन पूरा गरेका थिए।सन्दीपले बंगलादेशविरुद्ध खेल्दै तन्जिम हसन सकिब र जाकर अलीको विकेट लिँदै आफ्नो एक सय विकेट पूरा गरेका हुन्। उनी नेपालले विश्वकपमा खेलेका सुरुवाती दुई खेलमा सहभागी हुन नपाए पनि तेस्रो र चौथो खेलमा सहभागी भएका थिए।सन्दीप लामिछानेले बलात्कार मुद्दामा उच्च अदालतबाट सफाइ पाए तापनि उनलाई अमेरिकी दूतावासले दुई पटक प्रयास गर्दा पनि भिसा दिएको थिएन। त्यसपछि, उनी क्यानडा हुँदै वेस्ट इन्डिज पुगेका हुन्।

लामिछानेको यो उपलब्धि नेपाली क्रिकेटका लागि गर्वको विषय हो। उनको योगदानले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा अझ प्रोत्साहन र सम्मान दिलाएको छ। भविष्यमा पनि उनले नेपाली क्रिकेटलाई थप उचाइमा पुर्याउने विश्वास गर्न सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *