समाचार

मधेस प्रदेशमा नेपाली काँग्रेस औपचारिक रुपमा सरकारमा सहभागी हुँदै

जनकपुरधाम- नेपाली काँग्रेस आज देखि औपचारिक रुपमा मधेश प्रदेश सरकारमा सहभागी हुने सहमति भएको छ ।आज बिहान नेपाली काँग्रेस प्रदेश संसदीय दलको बैठकबाट अर्थ मन्त्रालय काँग्रेसले नपाएको खण्डमा सरकारलाई दिएको समर्थन फिर्ता लिने सङ्केत मुख्यमन्त्रीले पाएपछि अर्थ मन्त्रालय दिनका लागि सहमत भएको र आजै मन्त्रीपरिषद् विस्तार हुने गरि मुख्यमन्त्रीसँग सहमति भएको नेपाली काँग्रेसले जनाएको छ ।नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्ण प्रसाद यादवले नेपाली काँग्रेसलाई अर्थ मन्त्रालय सहित ४ वटा मन्त्रालय दिनका लागि मुख्यमन्त्री सतिश कुमार सिंह सहमत भएपछि आज साँझसम्ममा मन्त्री परिषद् विस्तार हुन लागेको जानकारी दिए। मधेश प्रदेश सरकार गठन भएको करिब डेढ महिनापछि प्रदेश सरकारमा नेपाली काँग्रेस सहभागी हुन लागेको छ । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार…
थप पढ्नुहोस्

नयाँ सडकको फुटपाथ निर्माणको बाटो खुल्यो : उच्च अदालतबाट अन्तरिम आदेश

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नयाँ सडकमा थालेको फुटपाथ (सडक पेटी) विस्तारको काम निरन्तर गर्न पाउने भएको छ । महानगरपालिकाले पैदल मार्ग सुधारका लागि थालेको काम डिभिजन सडक कार्यालय, काठमाडौँको अवरोधपछि रोकिएको काम उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासबाट आज महानगरपालिकाले माग गरेबमोजिमको अन्तरिम आदेश दिएपछि सुचारु गर्ने बाटो खुलेको हो ।  ‘राज्य शक्तिको बाँडफाँडको सम्बन्धमा नेपालको संविधानको धारा ५७ ले व्यवस्था गरी उपधारा (१) ले संघको र उपधारा (४) ले स्थानीय तहको एकल अधिकारको सूचीको बारेमा अलग अलग प्रवन्ध गरेको पाइन्छ । सो व्यवस्थाअन्तर्गत अनुसुची ५ को क्र. सं. २० मा राष्ट्रिय यातायात नीति, रेल तथा राष्ट्रिय लोकमार्गको व्यवस्थापन सम्बन्धी अधिकार संघलाई रहने र अनुसूची…
थप पढ्नुहोस्

त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये पाँच जनाको शव फेला

असार, ३० ११:०० शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये तीनजनाको परिचय खुलेको छ ।प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार माडी नगपालिका–१ का २२ वर्षीय विकास परियार, सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामणि बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषिपल साहको शव भेटिएको हो । भेटिएका मध्ये दुईजनाको परिचय खुल्न बाँकी छ । काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा शनिबार बिहान दुवै बस त्रिशूलीमा बगेका थिए ।गौरतर्फ गइरहेको बसमा ३८ जना र काठामाडौँतर्फ गइरहेको बसमा सवार २७ जना…
थप पढ्नुहोस्

सिमलताल पहिरोः नारायणीमा भेटियो बेपत्ता बसका यात्रुको शव

Photo/News:- NTV २९ असार  भरतपुर महानगरपालिका–२८ स्थित नारायण नदी किनारमा फेला परेको शव सिमलतालमा पहिरोले बगाएको बसको यात्रुको भएको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक भेषराज रिजालले उक्त शव बेपत्ता गणपति डिलक्सका यात्रुको रहेको पुष्टि भएको जानकारी दिनुभयो । “नदी किनारमा घोप्टो परेको अवस्थामा आज बिहान शव भेटिएको थियो । शवको साथमा केही कागजात पनि भेटिएकाले प्राप्त कागजातको आधारमा शव भारतीय नागरिक ऋषिपल साहको रहेको पुष्टि भएको छ”, प्रहरी नायब उपरीक्षक रिजालले भन्नुभयो । उहाँका अनुसार अहिले शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ । काठमाडौँबाट रौतहटको गौरतर्फ आउँदै गरेको गणपति डिलक्सको बस पहिरोमा परेर त्रिशूली नदीमा खस्दा बेपत्ता भएको थियो । बागमती…
थप पढ्नुहोस्

मध्यरातमा एमाले-कांग्रेसबीच सहमति, केपी ओली नयाँ प्रधानमन्त्री बन्दै

काठमाडौं, असार -१८ नेपाली राजनीतिमा ठूलो हलचल आएको छ। मध्यरातमा भएको एक अप्रत्याशित सहमतिमा, एमाले (नेपाल कम्युनिष्ट पार्टी - एकीकृत माओवादी) र नेपाली कांग्रेसबीचको सहमति अनुसार, केपी शर्मा ओली नयाँ प्रधानमन्त्री बन्ने भएका छन्।  यो सहमति मध्यरातको बैठकमा तय भएको हो जसमा प्रमुख नेताहरू सहभागी थिए। स्रोतका अनुसार, सहमति विभिन्न मुद्दाहरूमा गरिएका लामो वार्तापछि सम्भव भएको हो।  सहमति अनुसार, केपी शर्मा ओली प्रधानमन्त्री बन्नेछन्। उनको नेतृत्वमा नयाँ सरकार गठन हुनेछ। सुरुको डेढ वर्ष एमाले अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्ने भएका छन् । दुई दलबीच भएको सहमतिअनुसार एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहमन्त्रीसहित १० वटा मन्त्रालय लिनेछन् । दुवै दलबीच प्रदेश सरकारमा समेत भागवण्डा गर्ने सहमति भएको छ ।…
थप पढ्नुहोस्