समाचार

टिकटक पुनः खुला नेपालमा: नयाँ नियम र सर्तहरूसहित सञ्चालन

काठमाडौं, नेपाल — नेपाल सरकारले सर्तसहित टिकटकलाई पुनः सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको छ। यस निर्णयले नेपालभर टिकटक प्रयोगकर्ताहरूलाई खुसी ल्याएको छ। लगभग दश महिना अगाडि प्रचण्ड नेतृत्वको सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएको थियो। प्रचण्ड सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएको प्रमुख कारणहरूमा राष्ट्रिय सुरक्षासम्बन्धी चिन्ताहरू, सामाजिक विकृतिहरूको सम्भावना, र बालबालिका र किशोर किशोरीमाथि पर्ने नकारात्मक प्रभावहरू रहेका थिए।तर, यो खुल्ला निर्णयसँगै सरकारले नयाँ नियम र सर्तहरू पनि लागू गरेको छ। सरकारले सबै सामाजिक सञ्जालहरूलाई नेपालका कानूनी प्रक्रियामा आउन निर्देशन दिएको छ। यस अन्तर्गत, सामाजिक सञ्जालहरूलाई नेपाली कानुन अनुसार रजिष्ट्रेशन गर्नु पर्नेछ र सरकारको आवश्यकताहरू पूरा गर्नुपर्नेछ। केही टिकटक प्रयोगकर्ताहरूले आफ्नो अकाउन्ट पुनः सञ्चालनमा आएको रिपोर्ट गरेका छन्, तर केहीले भने अझै…
थप पढ्नुहोस्

मौसमजन्य विपद्मा परी मुलुकभर एक सय ३९ जनाको मृत्यु

साउन -११ २०८१ मौसमजन्य विपद्मा परी मुलुकभर एक सय ३९ जनाको मृत्यु भएको छ ।बाढी, पहिरालगायत विपद्मा परी काठमाडौँ उपत्यकामा २, कोशीमा २२, मधेसमा ६, बागमतीमा २९, गण्डकीमा ३८, लुम्बिनीमा २४, कर्णालीमा ८ र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बाढीपहिरोमा परी कोशी र बागमती प्रदेशमा दुई÷दुई तथा गण्डकी र कर्णाली प्रदेशमा एक÷एक गरी ६ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी जारी रहेको प्रहरीले जनाएको छ । विपद्मा परी एक सय ५६ जना घाइते भएका छन् । बाढीका कारण जम्मा एक सय ८४ घर डुबानमा परेका छन् भने २ सय ३८ घर, ८६ गोठ, ४३ पुल, २ विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको…
थप पढ्नुहोस्

धरानको भेडेटारमा Skywalk सुरु।

धरान भेडेटार, पूर्व नेपालको एक रमणीय पर्यटकीय स्थल, आजदेखि स्काइ वाक (Skywalk Bhedetar) को शुभारम्भ गरिएको छ। यस नयाँ आकर्षणले आन्तरिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। धरान भेडेटार प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थल हो, जहाँ पर्यटकहरू हिमाली दृश्य, हरियाली जंगल र शान्त वातावरणको मजा लिन आउँछन्। स्काइ वाकको शुरुआतसँगै, यो स्थानले थप पर्यटक आकर्षित गर्न सक्ने आशा गरिएको छ। स्काइ वाकको निर्माणले स्थानीय ब्यबसाय र समुदायमा आर्थिक समृद्धि ल्याउने अपेक्षा गरिएको छ। यो परियोजना स्थानीय रोजगार सिर्जना र पर्यटन ब्यवसायमा वृद्धि गर्ने लक्ष्यले अघि बढाइएको हो। स्काइ वाकले पर्यटकहरूलाई साहसिक र रोमाञ्चक अनुभव प्रदान गर्नेछ। यहाँबाट पर्यटकहरूले प्राकृतिक दृश्यहरूको आनन्द लिन सक्नेछन् र सुरक्षित र रोमाञ्चक तरीकाले उच्च…
थप पढ्नुहोस्

अब इन्टरनेट बिनै WhatsApp मा फाइल पठाउन सकिने ।

काठमाडौं । मेसेजिङ एप ह्वाट्सएपमार्फत फाइलहरू पठाउन अब इन्टरनेट आवश्यक नपर्ने भएको छ । मेटा अन्तर्गत रहेको ह्वाट्सएपले एप्पलको एयरड्रप र गुगलको नियरबाइ शेयर जसरी काम गर्ने नयाँ फिचर ल्याउन लागेको छ।यो फिचर उपलब्ध भएपछि प्रयोगकर्ताले इन्टरनेट बिना नै डक्युमेन्ट, फोटो, भिडियो जस्ता फाइल अन्य प्रयोगकर्तालाई पठाउन सक्नेछन्। ह्वाट्सएपबारे सूचना लेख्ने डब्लुएबेटाइन्फोका अनुसार यो फिचर एन्ड्रोइडमा परीक्षण भइसकेको छ भने आईओएसमा पनि उपलब्ध हुनेछ।फिचर उपलब्ध भएपछि इन्टरनेट नभएका अथवा कमजोर भएका ठाउँमा ह्वाट्सएपमार्फत अन्य व्यक्तिहरूलाई फाइल पठाउन सजिलो हुने बताइएको छ। मेटाले यो फिचर सबै प्रयोगकर्ताका लागि उपलब्ध गराउँछ या सशुल्क दिन्छ भन्ने विषयमा भने जानकारी आएको छैन।
थप पढ्नुहोस्

त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना १८ जनाको निधन

काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको छ । उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो ।विमानमा सवार १८ जनाको शव यत्रतत्र छरिएर रहेका अवस्थामा सङ्कलन गरिएको विमानस्थल सुरक्षार्थ खटिएका वरिष्ठ प्रहरी उपरीक्षक डम्बर विकले जानकारी दिनुभयो ।उहाँले सङ्कलित ती शव अहिले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लैजाने तयारी गरिएको बताउनुभयो । प्रहरी उपरीक्षक विकका अनुसार सो विमानका चालक दलका एक सदस्यलाई जीवितै उद्धार गरिएको छ ।सौर्य एयरको जहाज मर्मतका लागि कर्मचारी र प्राविधिक लिएर पोखरा जाँदै गरेको उक्त विमान दुर्घटनामा परेको हो । फोटो:- नेपाल प्रहरी
थप पढ्नुहोस्