समाचार

बर्दिबासमा शिवपुराण महायज्ञको आयोजना हुने

बर्दिबासमा आगामी श्रावण २१ गतेदेखि २९ गतेसम्म शिवपुराण महायज्ञको आयोजना गरिने भएको छ। सडक बालबालिका एवं सडक मानवहरूको व्यवस्थापनका निमित्त "हाम्रो माया घर बर्दिबास" निर्माणार्थ सो महायज्ञ आयोजना गर्न लागिएको हो। आज बर्दिबासको गौतम होटलमा आयोजित पत्रकार सम्मेलनमा महायज्ञ मूल समितिका संयोजक हिरा गौतमले महायज्ञबाट १ देखि १.५ करोडसम्म रकम संकलन गर्ने अनुमान रहेको जानकारी दिनुभयो। महायज्ञको प्रमुख वाचिकाको रूपमा श्री राधिका दासीजी रहने बताइएको छ। महायज्ञ स्थल बर्दिबास महोत्सव लाग्ने स्थान नजिकै रहेको गौतम होटलको छेउमा रहेको छ।महायज्ञको माध्यमबाट संकलित रकमले "हाम्रो माया घर बर्दिबास" निर्माण गरी सडक बालबालिका तथा मानवहरूको सहयोग गर्ने उद्देश्य राखिएको छ। समाजमा रहेका यी असहायहरूको जीवन सुधार्न महायज्ञले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।महायज्ञको…
थप पढ्नुहोस्

मुख्यसचिव अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, ३८ करोड बढी बिगो दाबी

Photo:- NAN काठमाडौं, ९ असार नेपालमा भ्रष्टाचारको गम्भीर आरोपमा मुख्यसचिव शंकरदास बैरागीसहित १२ जना उच्च सरकारी अधिकारीहरूविरुद्ध मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूमाथि ३८ करोड भन्दा बढी बिगो दाबी गर्दै भ्रष्टाचारको अभियोग लगाएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक गरेको विवरण अनुसार, सुरक्षण मुद्रण केन्द्र, सिंहदरबार, काठमाडौंले अन्तःशुल्क स्टिकर छपाईमा अनियमितता गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका तत्कालीन सचिव एवं सुरक्षण मुद्रण विकास समितिका तत्कालीन अध्यक्ष डा. बैकुण्ठ अर्याल, आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक रितेश कुमार शाक्य, आन्तरिक राजस्व विभागका तत्कालीन उप-महानिर्देशक टंक प्रसाद पाण्डेय, आन्तरिक राजस्व विभागका तत्कालीन निर्देशक गणेश विक्रम शाही, आन्तरिक राजस्व विभागका तत्कालीन शाखा अधिकृत रविन्द्र प्रसाद पौड्याल, सुरक्षण…
थप पढ्नुहोस्

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०८१ असार ०८ गते (शनिबार) हाल मनसुनी प्रणालीको प्रभाब कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका अधिकांश भू-भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू-भागमा रहेको छ बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमि वायुको आंशिक प्रभाव रहेको छ। हाल मौसमको अवस्था (Present Weather Status): कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ । गण्डकी प्रदेशका केही,  बागमती, कर्णाली  र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। २०८१ असार ०८ गते (शनिबार) दिउँसोː कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने…
थप पढ्नुहोस्

लागु औषध दुरुपयोग तथा ओसारपसार बिरुद्ध अन्तराष्ट्रिय दिवश सप्ताहव्यापी कार्यक्रम आयोजना

जलेश्वर, महोत्तरी - २०८१।०३।०६ जिल्ला महोत्तरीको जलेश्वर नगरपालिकामा वडा नं. २ स्थित जिल्ला समन्वय समिति महोत्तरीको सभाहलमा आज १४:३० बजे लागु औषध गुरुपयोग तथा ओसारपसार बिरुद्ध अन्तरराष्ट्रिय दिवश जुन २६, २०२४ को अवसरमा साप्ताहव्यापी कार्यक्रमको सुरुवात भएको छ। जिल्ला प्रशासन कार्यालय महोत्तरीको आयोजना र जिल्ला प्रहरी कार्यालय महोत्तरीको समन्वयमा सम्पन्न भएको यो कार्यक्रममा सरोकारवाला सम्बन्धित निकायहरूका प्रतिनिधिहरूसंग अन्तरक्रिया कार्यक्रम भएको थियो। कार्यक्रममा लागु औषधको दुरुपयोग र यसको ओसारपसारले समाजमा पारेको प्रभाव, यसको नियन्त्रणका लागि गरिएका प्रयास र आगामी दिनमा अपनाउनुपर्ने रणनीतिहरूका बारेमा छलफल भयो। प्रमुख जिल्ला अधिकारीले कार्यक्रमको उद्घाटन गर्दै लागु औषध नियन्त्रणमा समुदायको सहकार्यको महत्व र यसमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताए। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुखले प्रहरीको…
थप पढ्नुहोस्

मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि ४३ अर्ब ८९ करोडको बजेट प्रस्तुत

मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि कुल ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। शनिबार प्रदेशसभामा मधेश प्रदेशका अर्थमन्त्री भरतप्रसाद साहले प्रस्तुत गरेको बजेटमा चालु खर्चतर्फ १६ अर्ब ७ लाख १ हजार अर्थात् ३६.४५ प्रतिशत र पुँजीगत खर्चतर्फ २७ अर्ब ८९ करोड १४ लाख ६९ हजार अर्थात् ६३.५५ प्रतिशत विनियोजन गरिएको छ। आन्तरिक राजस्वबाट ९ अर्ब ७ करोड ३० लाख रुपैयाँ, वित्तीय हस्तान्तरण अनुदानतर्फ वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ७९ करोड ९२ लाख तथा सशर्त अनुदानबाट ३ अर्ब ५५ करोड ७८ लाख गरी जम्मा ११ अर्ब ३५ करोड ७० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। संघीय राजस्व बाँडफाँडबाट १३ अर्ब ६०…
थप पढ्नुहोस्