समाचार

एयर इन्डियाको अहमदाबाद–लण्डन ग्याटविक उडान टेकअफपछि दुर्घटनामा — २४२ यात्रु सवार, घाइतेको उपचार जारी

एयर इन्डियाले पुष्टि गरेको छ कि अहमदाबादबाट लण्डन ग्याटविकका लागि उडेको एयर इन्डिया उडान संख्या AI171 आज टेकअफ गरेपछि दुर्घटनामा परेको छ। बोइङ 787–8 विमानले स्थानीय समय अनुसार १३:३८ बजे अहमदाबादबाट प्रस्थान गरेको थियो।विमानमा कुल २४२ जना यात्रु र चालक दलका सदस्य सवार थिए। यसमध्ये यात्रुहरूको राष्ट्रियता यस प्रकार छ:१६९ जना भारतीय नागरिक५३ जना बेलायती नागरिक१ जना क्यानाडेली नागरिक७ जना पोर्चुगिज नागरिकदुर्घटनामा केही यात्रुहरू घाइते भएका छन् र उनीहरूलाई नजिकको अस्पतालमा लगिएको एयर इन्डियाले जानकारी दिएको छ। दुर्घटनाको विस्तृत विवरण हाल अनुसन्धानको क्रममा छ।यात्रुहरूका परिवार तथा सम्बन्धित पक्षका लागि एयर इन्डियाले समर्पित हटलाइन नम्बर 1800 5691 444 सञ्चालनमा ल्याएको छ, जहाँबाट थप जानकारी लिन सकिन्छ।एयर इन्डियाले यस घटनाको अनुसन्धानमा संलग्न…
थप पढ्नुहोस्

बर्दिबासमा प्रतिबन्धित लागुऔषध सहित एक पक्राउ

महोत्तरी, बर्दिबास नगरपालिका–१४ स्थित गौतम होटल अगाडि अवैध लागुऔषध कारोबार भइरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बर्दिबासबाट प्र.ब.ना.नि. मिन बहादुर रावल र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासबाट प्र.ना.नि. सरोज कुमार अधिकारीको कमाण्डमा संयुक्त प्रहरी टोली खटिएको टोलीले शंका लागि ज.७ प.१३८८ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा, मोटरसाइकलमा कालो प्लास्टिकको पोका भित्र लेगगार्डमा झुण्ड्याई लुकाईछिपाई राखिएको अवस्थामा प्रतिबन्धित लागुऔषध WIN COREX 100 ML का जम्मा १७ बोतल बरामद भएको छ। मोटरसाइकल चालक सर्लाही, बलरा नगरपालिका–१०, सुदामा स्थायी घर भई हाल महोत्तरी, बर्दिबास नगरपालिका–१४ बसोबास गर्दै आएका वर्ष २७ का शशिभूषण सिंह रहेको खुलेको छ। बरामद लागुऔषध र प्रयोग गरिएको मोटरसाइकलसहित पक्राउ परेका शशिभूषण सिंहलाई आवश्यक कारवाही तथा थप अनुसन्धानको…
थप पढ्नुहोस्

सिन्धुलीको भिमानस्थित चुरे क्षेत्रमा मोटरसाइकल र एम्बुलेन्स एकआपसमा ठक्कर खाँदा दुईजना घाइते।

सिन्धुली, चुरे – २०८२ जेठ १७ गते, शनिबार राति सिन्धुलीको कमलामाई नगरपालिका–९ चुरेस्थित बी.पी. राजमार्गमा एम्बुलेन्स र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्। सिन्धुलीबाट बर्दीबासतर्फ जाँदै गरेको खयरमारा स्वास्थ्य चौकीको म.प्र.०४–००१ झ ००१२ नम्बरको एम्बुलेन्स र विपरीत दिशाबाट आउँदै गरेको ज १० प ८३९४ नम्बरको मोटरसाइकल ठक्कर हुँदा मोटरसाइकल चालक सिन्धुली कमलामाई नगरपालिका–७ का २६ वर्षीय फाल्गुनी बस्नेत घाइते भएका हुन्। उनको टाउकोमा चोट लागेपछि तत्कालै त्यही एम्बुलेन्समार्फत बर्दीबासस्थित जनसेवा अस्पतालमा उपचारको लागि लगिएको इलाका प्रहरी कार्यालय भिमानले जनाएको छ। हाल उनको अवस्था मध्यम रहेको छ। घटनास्थलमा खटिएको ट्राफिक प्रहरीको टोलीले दुर्घटनाग्रस्त मोटरसाइकललाई ट्रयाक्टरमा लोड गर्ने क्रममा मोटरसाइकलको ब्याट्री पड्किँदा आगलागी भएको थियो।आगलागीबाट मोटरसाइकलमा पूर्ण रुपमा क्षति…
थप पढ्नुहोस्

मानव तस्करीमा गृहमन्त्री संलग्न नरहेको गृह मन्त्रालयको दाबी

भिजिट भिसाको नाममा गृह प्रशासनबाटै मानव तस्करी भइरहेको घटना सार्वजनिक भएपछि गृहमन्त्री रमेश लेखकको भूमिकामाथि प्रश्न उठिरहेका बेला मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण जनाएको छ। मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयसँग जोडिएका पछिल्ला घटनाक्रमलाई लिएर आएको आलोचना र आरोपहरूलाई ‘कपोलकल्पित, भ्रामक र आधारहीन’ भन्दै खण्डन गरेको छ।विज्ञप्तिमा भनिएको छ, “यस्ता कुनैपनि गैरकानूनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको संलग्नता नरहेको र नरहने विषय स्पष्ट गर्दछौं।” मन्त्रालयले यस्ता विषयहरूमा सत्य तथ्यमा आधारित समाचार मात्र प्रकाशित–प्रसारित गर्न अनुरोध गर्दै, अनुसन्धान प्रक्रियामा सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुखविरुद्ध अनुसन्धान अघि बढाएको पुष्टि भएसँगै गृह मन्त्रालय, गृहमन्त्रीको सचिवालय र स्वयं गृहमन्त्री लेखककै भूमिकाप्रति पनि…
थप पढ्नुहोस्

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा मूल्य वृद्धि गर्ने निर्णय गरेको छ। निगम सञ्चालक समितिको निर्णयअनुसार फागुन १ (फेब्रुअरी १) को मध्यराति १२:०१ बजेदेखि नयाँ मूल्य लागू हुनेछ।नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर रु. २।००, डिजेल तथा मट्टितेल प्रतिलिटर रु. ४।००, आन्तरिक हवाई इन्धन प्रतिलिटर रु. ६।०० वृद्धि गरिएको छ। अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य काठमाडौँका लागि प्रति किलोलिटर ४३ अमेरिकी डलर ले बढाइएको छ भने पोखरा र भैरहवाका लागि ब्रेक इभेन पोइन्टमा मूल्य कायम गरिएको छ। नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेशनबाट पेट्रोलमा प्रतिलिटर रु. १।५९, डिजेलमा रु. ३।५७, र हवाई इन्धनमा रु. ५।७० बढेर आएको जानकारी दिएको छ। यद्यपि, एलपी ग्यासको मूल्य भने…
थप पढ्नुहोस्