बर्दिबास। खरमारादेखि चनौटे छोड्के सुकेडाँडा राइ दमार हुँदै मदन भण्डारी राजमार्ग जोड्ने सडकको शिलान्यास भएको छ।२१ करोड १७ लाख ६१ हजारको लागतमा बन्न लागेको सडकको मधेस प्रदेशको पूर्व सञ्चार तथा गृहमन्त्री भरतप्रसाद शाह तथा बर्दिवास नपाका मेयर प्रल्लाद कुमार क्षेत्री को सहभागितामा शिलान्यास भएको छ। निर्माणको जिम्मेवारी श्री जय बाबा गोरखा बालकोट कम्पनीले पाएको छ। कार्य समापनको अवधि दुई वर्षको रहेको छ। सडक सञ्जाल बनेपछि बर्दिवास नपा १० ११ को उत्तरी भेगको मानिसहरूलाई राहत मिल्ने देखिन्छ।
बर्दिवास नगरपालिका अन्र्तगत वडा न. ५,१० र ११ का विभीन्न जाती, धर्म, संस्कृति र विधी मान्ने स्थायी वासीन्दाहरुले जीवन को एक अभिन्न अङ्ग, मृत्यु पछीको शव दहन कार्य व्यवस्थीत, सुरक्षीत र एकत्रीत नभैरहेको अवस्थालाई मध्यनजर गर्दै सो कार्यलाइ आ-आफ्ना परम्परा, विधी र संस्कृति अनुकुल हुने गरी व्यवस्थीत, सुरक्षीत एकत्रीत गरी चुरे क्षयिकरणको रोकथाम वातावरण अनुकुल समाज मैत्री बनाउने उद्देश्यले खयरमारा टुटेश्वर घाट (शवदहन) संरक्षण तथा निर्माण समीती गठन भइ कार्य प्रारम्भ गरेको हुदा, उक्त निर्माण कार्य हाल ब.न.पा. १० मा पर्ने भालुझोरा तथा टुटेश्वर खोलाको दोभान मा नदी उकास गरी काम हुदै गर्दा रकम अभावका कारण विभीन्न व्यक्ती, समुदाय, संघसंस्था हरुमा जानकारीका साथ स्वैच्छीक सहयोग गर्न हुन अनुरोध गरीन्छ ।संयुक्त…
बर्दिबास नगरपालिकाको १० ११ मा पर्ने फारलाइन देखि वनपथ जाने बाटोको कालोपत्रे गर्ने काम सुरु भएको छ। पहिलो चरणमा १८०० मिटर कालोपत्रे गर्ने योजना रहेको छ।
नेपाल रेडक्रस सोसाईटी बर्दिवास र बर्दीवास नगरपालिकाको आर्थिक सहयोगमा लक्ष्मीवास मा.वी.झ्याउरे मा १ दिने निशुल्क ॲाखा,दॅात तथा गिजा र महिला सम्बन्धि उपचार शिविर सम्पन्न भएको छ।
