केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) का प्रमुखको नाम र फोटो प्रयोग गरी TRUECALLER App मार्फत धाक धम्की दिने कार्यमा संलग्न एक व्यक्तिलाई प्रहरीले बिराटनगर महानगरपालिका, वडा नं. १ ठूलो मिल चोकबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३० वर्षीय हेम कुमार खड्का रहेका छन्। प्रहरीका अनुसार खड्काले CIB को नाम र प्रमुखको फोटो प्रयोग गरी TRUECALLER App मा आफ्नो पहिचान गलत रुपमा प्रस्तुत गरेर धाक धम्की दिने गरेका थिए। उनले ब्यूरोका कर्मचारी भएको भन्दै विभिन्न व्यक्तिहरुसँग फोन सम्पर्क गरी गैरकानूनी लाभ उठाउने प्रयास गरेका थिए।पक्राउ परेका खड्कालाई जिल्ला प्रहरी कार्यालय, मोरङबाट थप अनुसन्धान एवं कानुनी कारवाही भईरहेको प्रहरीले जनाएको छ। केन्द्रीय अनुसन्धान ब्यूरोले TRUECALLER लगायत अन्य App हरुमा कर्मचारीको नाम, लोगो वा…
सर्लाही, ०३ कात्तिक २०८१ – सर्लाही जिल्लाको ब्रहम्पुरी गाउँपालिका–५, सखुअवा निवासी पंकज साहलाई १० केजी गाँजासहित प्रहरीले पक्राउ गरेको छ।सूचना अनुसार, २१ वर्षीय पंकज साहले आफ्नै घरमा लुकाएर गाँजा राखेको आशंकामा जिल्ला प्रहरी कार्यालय सर्लाही र प्रहरी चौकी पर्साबाट खटिएको टोलीले लागुऔषध गाँजासहित नियन्त्रणमा लिइएको हो। पक्राउपछि साहलाई सर्लाही जिल्ला अदालतमा पेश गरी थप अनुसन्धानका लागि सात दिनको म्याद अनुमति लिइएको छ। प्रहरीले यस घटनामा साहको संलग्नता, गाँजा आपूर्तिको स्रोत, र सम्भावित संजालबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।यस घटनाले गाँजा र अन्य लागुऔषध नियन्त्रणमा कडा कदम चाल्नुपर्ने आवश्यकता औंल्याएको छ।
असोज १०, ११, र १२ गतेको अविरल वर्षा र बाढी–पहिरोका कारण क्षतिग्रस्त भएको वि.पी. राजमार्गको भकुण्डेबेसी–बर्षेखोला खण्ड (काभ्रे) पुनः सन्चालनमा आउने तयारी भइरहेको छ। करिब ८ कि.मी. लम्बाइको सडक पूर्ण रूपमा बगाएको हुँदा हाल अस्थायी ट्र्याक निर्माण गरी साना सवारीसाधनका लागि मात्र आवागमन खुलाइएको थियो। सडक डिभिजन कार्यालयले चौकीडाँडा र माम्ती खोलानजिकको डाइभर्सनको सुधार कार्य आज साँझसम्म सम्पन्न गरि यसअघि अनुमति प्राप्त ठुला सवारीसाधनहरूलाई सावधानीपूर्वक सन्चालन गर्न अनुमति दिइने सडक डिभिजन कार्यालय भक्तपुरले जानकारी दिएको छ। वर्षा र पहिरोले राजमार्गका विभिन्न भागमा क्षति पुर्याएको थियो, जसका कारण ठुला सवारीसाधनको आवागमन रोकिएको थियो। मर्मत कार्य पूरा भएपछि सडकको आवागमन खुलाइएको हो।
Oplus_131072 काठमाडौं – नेपाली हिन्दू धर्मावलम्बीको महान् पर्व बडा दशैं आँगनमै आइसकेको छ। यो केवल धार्मिक र सांस्कृतिक पर्व मात्र नभई परिवार र समुदायलाई नजिक ल्याउने अवसर पनि हो। दशैंको मुख्य आकर्षणमध्ये एक टीका, जमरा र आशीर्वादका साथ दक्षिणा प्रदान गर्ने परम्परा हो। तर, अहिले कागजी नोटको सट्टा ‘डिजिटल दक्षिणा’ दिने प्रचलनले गति लिएको छ।परम्परागत रूपले, दशैंमा घरका ठूला सदस्यहरूले साना र आफन्तलाई आशीर्वादसँगै दक्षिणा दिने प्रचलन रहिआएको छ। विशेषगरी बालबालिका दक्षिणा पाउने कुरामा निकै उत्साहित हुन्छन्, जसलाई उनीहरूले आफ्नो इच्छाअनुसारको सामग्री किन्न खर्च गर्छन्। यसरी पारिवारिक सम्बन्धलाई बलियो बनाउँदै आर्थिक सशक्तिकरणको भूमिका पनि निभाउने यो परम्परा अब डिजिटल प्रविधिको प्रवेशले नयाँ रूप लिँदैछ।डिजिटल दक्षिणाको उदयमोबाइल र इन्टरनेटको पहुँच बढेसँगै…
भारी वर्षाका कारण सिन्धुली लगायतका क्षेत्रमा बाढी र पहिरोले अवरुद्ध भएको बीपी राजमार्ग एक हप्ताभित्र अस्थायी रूपमा संचालनमा आउने गृहमन्त्री रमेश लेखकले बताएका छन्। राजमार्ग खुलाउन सडक विभाग र नेपाली सेना लागिपरेको छ। सिन्धुलीको खुर्कोटमा गृहमन्त्री लेखकले बाढी र पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका थिए। उनले भने अनुसार डाइभर्जनसहित एक साताभित्र सवारी चलाउन सकिने व्यवस्था गरिनेछ।भारी वर्षाका कारण राजमार्गमा धेरै क्षति भएको छ, जसको पुनःस्थापना गर्न नेपाली सेना र सडक विभाग खटिएका छन्। साथै, प्रभावित भित्रि सडकहरू पनि संचालनमा ल्याउन सेनाले महत्वपूर्ण भूमिका खेलेको छ।लेखकले विपद् प्रभावित जनतालाई राहत दिन सरकार प्रतिबद्ध रहेको र कुनै प्रकारको राजनीति नगरिने आश्वासन दिएका छन्। साथै, प्रभावित पालिकाहरूलाई लाभग्राही विवरण चाँडै पठाउन आग्रह…
