मकवानपुर, २२ असोज २०८१ मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चकपोस्टमा ३९२ किलो लागूऔषध गाँजा सहित दुई व्यक्तिलाई पक्राउ गरिएको छ। प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा पुर्व पश्चिम लोकमार्गमा पालुङबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख १७७१ नम्बरको पेट्रोलियम पदार्थ ओसार्ने ट्याङ्करलाई बिहान ३:१५ बजे चेकजाँच गर्दा लागूऔषध फेला परेको हो। पक्राउ परेका व्यक्तिहरूमा मकवानपुर, मनहरी गाउँपालिका-९ निवासी २६ वर्षीय चालक रोशन पुरी र सहचालक २२ वर्षीय धन बहादुर मल्ल रहेका छन्। ट्याङ्करको ५ वटा डिब्बामध्ये ३ नम्बर डिब्बाभित्र लुकाएर राखिएको २५ वटा पोका रातो प्लास्टिकले बेरेको अवस्थामा ३९२ किलो गाँजा बरामद गरिएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले गाँजा र ट्याङ्कर गाडीसहित दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको…
२०८१ असोज १९ मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर १५, रातोमाटे चेकपोष्टमा प्रहरीले अवैध सुन जस्तो देखिने पहेलो धातु सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ८ किलो २४३ ग्राम ९७० मिलिग्राम तौल भएको अवैध धातु फेला पारेको हो। बिहान अन्दाजी ३:०० बजे, पथलैयाबाट हेटौडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२-०४७ प ७५०३ नम्बरको स्कुटरलाई रोकी जाँच गर्दा, महाराष्ट्र राज्यका सांगली जिल्ला निवासी अभिषेक अजिनाथ कुटी (२५ वर्ष) र राहुल भिट्टिहाल (२७ वर्ष) पक्राउ परेका छन्। स्कुटर तथा उनीहरूको शरीरमा लुकाइ राखिएको सुन जस्तो देखिने धातु बिना बिल र भन्सार छलि ल्याइएको पाइएको छ।…
पूर्वी तराईबाट काठमाडौं जोड्ने वैकल्पिक मार्ग खुलेको छ। बाढीले खुर्कोटको पुल बगाएपछि, पुष्पलाल (मध्यपहाडी) राजमार्ग सञ्चालनमा ल्याइएको हो। यो मार्ग रामेछाप, ओखलढुंगा र सोलुखुम्बुका सवारीसाधनका लागि उपयोगी भएको छ। पहिरोले अवरुद्ध भएको दोलालघाटदेखि जिरोकिलो हुँदै नगरकोटबाट जगातीसम्मको सडक पनि सञ्चालनमा आएको छ। Oplus_0 असोज १२ गतेको बाढीले तामाकोशी गाउँपालिका–५ किर्नेटारमा खिम्ती जलविद्युत् केन्द्रको नजिकै रहेको ४ सय मिटर खण्ड तामाकोशी नदीले कटान गरेको थियो। मंगलबार नयाँ ट्र्याक खन्ने सहमति भएपश्चात् बुधबार २ वटा एक्स्काभेटरको सहयोगले ट्र्याक खन्ने काम पूरा भएको हो। यस खण्डको पुनःसञ्चालनले बिरामीलाई अस्पताल पुर्याउने र अत्यावश्यक वस्तु ढुवानी गर्न सहज भएको छ। मन्थली हुँदै पुष्पलाल राजमार्गले लामोसाँघु–जिरी सडक र अरनिको राजमार्गसँग पनि सिधा जोडिन्छ।खुर्कोटमा सुनकोशी नदीको मोटरेबल…
अशोज १४ चाडपर्व नजिकिएसँगै नेपाल आयल निगमले इन्धनको मूल्यमा कटौती गरेको छ। निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन, र मट्टीतेलको मूल्य घटाइएको छ। नयाँ मूल्यहरू आज राति १२ बजेदेखि लागू हुनेछन्। नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर रु १, डिजेल र मट्टीतेलमा रु २ घटाइएको छ। यस्तै, हवाई इन्धनको आन्तरिकतर्फ प्रति लिटर रु ६ घटाइएको छ भने बाह्यतर्फ प्रतिहजार लिटरमा रु ४५ कटौती गरिएको छ। यद्यपि, एलपी ग्याँसको मूल्य भारतबाट नेपाली रु ४१ बढेर आएको भए पनि चाडपर्वलाई ध्यानमा राख्दै यसलाई यथावत राखिएको निगमले जानकारी दिएको छ। मूल्य घटेसँगै चाडपर्वको समयमा उपभोक्ताहरूले राहत महसुस गर्ने आशा गरिएको छ। साथै, निगमले पर्वको बेला इन्धन आपूर्तिमा कुनै समस्या नहुने विश्वास दिलाएको छ।
असार १३ अविरल वर्षासँगै आएको विपत्तिले देशभर ठूलो जनधनको क्षति भएको छ। बाढी, पहिरो र डुबानका कारण काठमाडौँ उपत्यका सहित विभिन्न जिल्लामा जनजीवन अत्यन्त प्रभावित बनेको छ। गए रातीसम्मको विवरण अनुसार, ११२ जनाले ज्यान गुमाएका छन् भने ६८ जना अझै बेपत्ता छन्। घटनामा कम्तीमा १०० जना घाइते भएका छन्। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले दिएको जानकारीअनुसार काभ्रेपलाञ्चोकमा सबैभन्दा बढी ३४ जनाले ज्यान गुमाएका छन्। ललितपुरमा २०, धादिङमा १५, काठमाडौँमा १२, मकवानपुरमा ७, पाँचथर र भक्तपुरमा ५-५, सिन्धुपाल्चोकमा ४, दोलखामा ३, यस्तै धनकुटा र सोलुखुम्बुमा २/२ जना, रामेछाप, महोत्तरी र सुनसरीमा १/१ जनाको ज्यान गएको छ । पाँचथर, झापा, महोत्तरी, सिन्धुली, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौं, ललितपुर, धादिङ र रूपन्देहीमा…
