समाचार

“रवि लामिछाने सहकारी ठगी प्रकरणमा पुनः १३ दिनका लागि हिरासतमा”

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा चौथो पटक म्याद थप गरिएको छ। सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ। आइतवार लामिछानेलाई जिल्ला अदालत कास्कीमा पेस गरी थप म्याद माग गरिएको थियो। न्यायाधीश नवराज दाहालको इजलासले उनलाई थप १३ दिन हिरासतमा राख्न अनुमति प्रदान गरेको छ। यसअघि पनि उनलाई क्रमशः ६, ७, र १० दिनको म्याद थप गरी हिरासतमा राखिएको थियो। लामिछानेलाई २ कात्तिकमा काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ गरी पोखरा लगिएको थियो। उनलाई विभिन्न आरोपहरूमा अनुसन्धान गर्न प्रहरीलाई समय चाहिएकोले पुनः म्याद थप गरिएको बताइएको छ।
थप पढ्नुहोस्

२१ वर्ष पुराना परीक्षार्थीलाई मौका परीक्षा उपलब्ध गराउँदै राष्ट्रिय परीक्षा बोर्ड

काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को विगतका परीक्षामा अनुत्तीर्ण भएका तथा न्यूनतम ग्रेड प्राप्त गर्न असफल रहेका परीक्षार्थीलाई विशेष मौका प्रदान गर्ने निर्णय गरेको छ। यस अवसरबाट २०५६ सालदेखि २०७७ सालसम्म कक्षा ११ र १२ मा सहभागी भएका करिब १४ लाख विद्यार्थीलाई लाभ पुग्ने अपेक्षा गरिएको छ।परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले भनेका छन्, "अघिल्लो बोर्डबाट अनुमोदित शैक्षिक संस्थामा अध्ययन गरेका तर उत्तीर्ण हुन नसकेका विद्यार्थीलाई यो अन्तिम अवसरको रूपमा मानिनेछ।" यस्तो व्यवस्था गर्दा लामो समयदेखि अनुत्तीर्ण भएर दोहोरिने परीक्षार्थीको समस्यालाई सम्बोधन गर्ने लक्ष्य राखिएको छ।मौका परीक्षा आवेदन प्रक्रियाः मौका परीक्षामा सहभागी हुन इच्छुक परीक्षार्थीले अध्ययन गरेको शैक्षिक संस्थामा गएर फाराम भर्नुपर्नेछ। आवेदन फाराम भर्नको अन्तिम मिति मङ्सिर २७…
थप पढ्नुहोस्

धनगढीमा होटलको जग खन्ने क्रममा शंकास्पद वस्तु फेला

Oplus_131072 धनगढी उपमहानगरपालिका-३ स्थित एक निर्माणाधीन होटलको जग खन्ने क्रममा शंकास्पद वस्तु भेटिएको छ। धनगढीको विशालनगरमा रहेको होटल सिद्धार्थ प्रालिले नयाँ भवन निर्माण गर्न थालेपछि शुक्रबार सो वस्तु भेटिएको हो। घटनापछि प्रहरीले तत्कालै उक्त स्थानलाई सुरक्षित बनाई सेनालाई खबर गरेको थियो।प्रहरी र सेनाको सक्रियताजिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्र बोहराले शंकास्पद वस्तु फेला परेसँगै सुरक्षाका लागि विशेष कदम चालिएको बताए। शुक्रबारदेखि नै उक्त स्थानमा प्रहरीको निगरानी राखेर सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको थियो।शनिबार दिउँसो सेनाको बम डिस्पोजल युनिटले उक्त शंकास्पद वस्तुलाई डिस्पोज गरेको जानकारी डिएसपी बोहराले दिए। प्रहरीको अनुसार, उक्त वस्तु सकेट बमजस्तो देखिने भएको पाइएको छ।स्थानीय सुरक्षाको प्रत्याभूतिडिएसपी बोहराले भने, ‘प्रहरीले हिजोदेखि नै उक्त स्थानलाई सुरक्षित बनाएको थियो। सेनाको…
थप पढ्नुहोस्

“संयुक्त राज्य अमेरिकामा राष्ट्रपति चुनावको मतगणना सुरु, कमला ह्यारिस र डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा”

संयुक्त राज्य अमेरिकामा आज, ५ नोभेम्बर २०२४ मा राष्ट्रपति पदको चुनाव भइरहेको छ। यो चुनावमा वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा छ। यस वर्षको चुनावलाई धेरैले "निकै नजिकको" मानिरहेका छन्, जसले गर्दा परिणाम स्पष्ट हुन केही दिन लाग्न सक्छ।चुनावको प्रक्रिया अनुसार, अमेरिकाका मतदाताले प्रत्यक्ष रुपमा राष्ट्रपति चयन नगरेर इलेक्टोरल कलेजमार्फत चयन गर्छन्। कुल ५३८ इलेक्टोरल मतमध्ये २७० भन्दा बढी मत जित्ने उम्मेदवारले राष्ट्रपति पद प्राप्त गर्नेछन्। तर, यसपटकको परिणाममा देरी हुने अपेक्षा गरिएको छ, विशेष गरी मेल इन भोट र प्रारम्भिक भोटहरू गणना गर्न समय लाग्ने भएकाले। धेरै राज्यहरूमा आजको दिन नै मेल भोट गणना गर्न अनुमति छैन, जसले गर्दा प्रारम्भिक नतिजामा भिन्नता आउन सक्नेछ।विशेष…
थप पढ्नुहोस्

सर्लाहीमा पोखरीमा कार डुब्दा दुई जनाको मृत्यू

सर्लाही, कार्तिक २० सर्लाहीको ईश्वरपुर नगरपालिका–२ मियाखोरस्थित पोखरीमा कार दुर्घटना हुँदा कारभित्र रहेका महोत्तरी गौशालाका ३७ वर्षीय सुरेश महतो र महोत्तरी सोनामाका ३७ वर्षीय रामाकान्त ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार कारमा सवार महोत्तरीको गौशाला नगरपालिका–२ का अन्दाजी ३१ वर्षीय जनक यादव सकुशल रूपमा बाहिर निस्किएका छन्। तर, गौशाला नगरपालिका–१० का ३७-३८ वर्षीय सुरेश महतो र सोनवा गाउँपालिका–८ का ३७ वर्षीय रामाकान्त ठाकुर पोखरीमा डुबेर उनीहरूको मृत्यु भएको हो। उनीहरूको खोजीका लागि महोत्तरीमा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ताबाट गोताखोर परिचालन गरिएको छ।उद्धार र खोजी कार्यका लागि सुरक्षा बेस सागरनाथबाट र इलाका प्रहरी कार्यालयबाट केशरजंगबाटसमेत सुरक्षा फौज खटिएको छ।कार अनियन्त्रित भएर सडक…
थप पढ्नुहोस्