स्थानीय समाचार

नेपालमा पहिलो चोटि obstacles Challenge सम्पन्न

Stunt Bums Nepal र Hamro Digital Agency को सहकार्यमा अप्रिल ४ मा पहिलो पटक नेपालमा आयोजित Obstacle Challenge 2026 सफलतापूर्वक सम्पन्न भएको छ। नेपालमा बढ्दो मोटरस्पोर्ट्स सीनलाई थप उचाइमा पुर्‍याएको छ।“Speed. Skill. Balance. One track. One champion.” भन्ने थिममा सम्पन्न यस इभेन्टमा १० भन्दा बढी अवरोधहरू भएको प्राविधिक (technical) ट्र्याक तयार गरिएको थियो, जसले राइडरहरूको सन्तुलन, समय मिलाउने क्षमता र नियन्त्रणलाई कडा परीक्षणमा राख्यो। मुख्य प्रतिस्पर्धा अघि सहभागीहरूलाई दुई दिनको अभ्यास सत्र पनि उपलब्ध गराइएको थियो।यो प्रतिस्पर्धा single open category मा आयोजना गरिएको थियो, जहाँ 100cc देखि 250cc सम्मका बाइकहरू मात्र अनुमति दिइएको थियो भने dirt bikes प्रतिबन्धित थिए। जसले निष्पक्ष र व्यवस्थित प्रतिस्पर्धा सुनिश्चित गर्‍यो।प्रतियोगिताको नतिजा अनुसार:पहिलो स्थान Ranjit…
थप पढ्नुहोस्

बर्दिबास–१० र ११ बाट १०३ विद्यार्थी एसईईमा सहभागी हुँदै

लक्ष्मी नारायण जनता माध्यमिक विद्यालय एसईई परीक्षा २०८२ | मोबाइल अनुकूल विवरण 📖 माध्यमिक शिक्षा परीक्षा चैत १९ 🗓️ परीक्षा सुरु : २०८२ चैत १९ गते 🇳🇵 राष्ट्रिय परीक्षा बोर्ड 👩‍🎓👨‍🎓 देशभर सहभागी : ~५,१०,०००+ 🏛️ राष्ट्रिय परीक्षा बोर्डको आधिकारिक जानकारी : यस वर्ष देशभरबाट करिब ५ लाख १० हजार विद्यार्थीहरू एसईई परीक्षामा सहभागी हुँदैछन्। सबै परीक्षा केन्द्रहरूमा आवश्यक व्यवस्थापन पूरा भइसकेको छ। तल बर्दिबास नगरपालिका वडा नं. १० र ११ को विवरण प्रस्तुत गरिएको छ। 📍 बर्दिबास नपा – वडा १० र ११ कुल १०३ विद्यार्थी विद्यालयको नाम स्थान सङ्ख्या लक्ष्मी नारायण जनता मा.वि. खयरमारा ४१ रा. मा. वि. खयरमारा छोडके खयरमारा छोडके २० श्री लक्ष्मी बास माध्यमिक विद्यालय…
थप पढ्नुहोस्

बर्दिबासमा वि.पी राजमार्ग अवरुद्ध, सुनौलो वि.पी यातायात प्रा.लि.माथि बस दुर्घटनाको उपचार खर्च नबेहोरेको आरोप

बर्दिबास, असोज २६  सर्लाहीको घारीबथानबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटनामा घाइते भएका यात्रुहरूको उपचार खर्च नबेहोरेको भन्दै पीडित परिवार र स्थानीय बासिन्दाले आज बिहानदेखि बर्दिबास क्षेत्रको वि.पी राजमार्ग अवरुद्ध गरेका छन्। गत असोज १७ गते बिहान ६:३५ बजे सर्लाहीको घारीबथानबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख १४६४ नम्बरको सुनौलो वि.पी यातायात प्रा.लि.को बस खयरमारा–१० मा अनियन्त्रित भई दुर्घटनाग्रस्त हुँदा दर्जनौं यात्रु घाइते भएका थिए। तीमध्ये गम्भीर अवस्थाका यात्रुहरूको उपचार हाल काठमाडौँस्थित ट्रमा सेन्टर, विर अस्पताल र भक्तपुर इन्टरनेशनल अस्पतालमा भइरहेको छ। पीडित परिवारका अनुसार उनीहरूले सोही कम्पनीकै टिकट काटेर यात्रा गरेका थिए। तर दुर्घटनापछि सुनौलो बीपी यातायात प्रा.लि.का अध्यक्ष कान्छामान तामाङले बस अब कम्पनीमा आबद्ध नरहेको भन्दै जिम्मेवारी अस्वीकार…
थप पढ्नुहोस्

बर्दिवास : एकीकृत बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैटौं वार्षिक साधारणसभा सम्पन्न

बर्दिवास, भदौ १७ – एकीकृत बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो छैटौं वार्षिक साधारणसभा र खयरमारा इकाई भेला सफलतापूर्वक सम्पन्न गरेको छ। उक्त कार्यक्रम बर्दिवासको वडा नं. ११ स्थित सहकारी कार्यालयमा आयोजित भएको हो।एकीकृत बचत तथा ऋण सहकारी संस्थाको खयरमारा सेवा केन्द्रमा ३४२ जना शेयर सदस्यहरू हुनुहुन्छ। यस कार्यक्रममा बर्दिबास नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्षको प्रमुख अतिथि र बर्दिवास उद्योग वाणिज्य सङ्घका अध्यक्ष विष्णु बहादुर खड्काको विशिष्ट अतिथ्यतामा सो कार्यक्रम भएको थियोकार्यक्रममा बर्दिवास उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु खड्का र सहकारीका अध्यक्ष उत्तमकुमार श्रेष्ठले सहकारीलाई अझ सुदृढ बनाउन 'पारदर्शिता, सहभागिता र सुशासन' भन्ने तीन आधारमा जोड दिने कुरामा जोड दिएका छन्। वाहाँहरूले भन्नुभयो, “सहकारीको वास्तविक विकास र…
थप पढ्नुहोस्

श्री लक्ष्मी नारायण जनता माविमा शिक्षक अभिभावक संघ गठन सम्पन्न।

बर्दिवास नगरपालिका १० मा रहेको श्री लक्ष्मी नारायण जनता माध्यमिक विद्यालयमा अभिभावकहरूको उल्लेख्य उपस्थितिमा शिक्षक अभिभावक संघ गठन भएको छ। शिक्षा ऐनमा उल्लेख भएबमोजिम विद्यालयको सामाजिक लेखा परीक्षण, शैक्षिक गुणस्तर, शैक्षिक प्रगतिको समग्र लेखाजोखा गरी विद्यालयको गुणस्तर वृद्धिका लागि संघको महत्वपूर्ण भूमिका रहनेछ। लामो समयदेखि गठन हुन नसकेको शिक्षक अभिभावक सङ्घ विद्यालयको प्राङ्गणमा डाकिएको भेलाबाट गठन भएको हो। शिक्षक अभिभावक संघमा निम्न अध्यक्ष लगायत सदस्यहरू चयन हुनुभएको छ :- १. श्री कृष्ण व. श्रेष्ठ - अध्यध्य २. श्री तिलक व. खड्का - सदस्य ३. श्री निता कु. वर्मशाखा - सदस्य ४. श्री लक्ष्मी माया वाइवा - सदस्य
थप पढ्नुहोस्