स्थानीय समाचार

लक्ष्मीनारायण जनता माविको बगैँचा ठेक्का सम्पन्न

बर्दिबास नगरपालिका वार्ड नं १० मा रहेको श्री लक्ष्मीनारायण जनता माध्यमिक विद्यालयको आफ्नो स्वामित्वमा रहेका बर्दिबास नगरपालिका वार्ड नं १० र ११ मा रहेका आफ्ना जग्गाहरूमा लगाइएको बगैँचाको आप पुरानो ठेक्काको समय सकिए लगत्तै नयाँ ठेक्का लागेको छ। बर्दिबास नगरपालिका १० र ११ मा भिन्दाभिन्दै ९/१० ठाउँमा लगभग १० बिगाहामा करिब करिब ४०० ओटा आपका बोटहरू रहेको बगैंचा अघिल्ला वर्षहरूमा दुई लाख ८० हजारमा ठेक्का लागेको थियो। यो आपको सिजन सकिए सँगसँगै तीन वर्षका लागि दिइएको पुरानो ठेक्काको समय पनि सकिएको छ।पुरानो ठेक्काको समयावधि सकिए लगत्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गामान लामा तथा यसै विद्यालयका नवनियुक्त प्र.अ. नवराज दाहालको अग्रसरतामा गएको श्रावण १८ गते विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष, बर्दिबास…
थप पढ्नुहोस्

“टुटेश्वरनाथ महादेव मन्दिर: महोत्तरीको धार्मिक र ऐतिहासिक धरोहर”

१.मन्दिरको नाम र परिचय टुटेश्वरनाथ महादेव मन्दिर महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–५, खयरमारा भन्ने स्थानमा अवस्थित छ।यो मन्दिर हिन्दू धर्मावलम्बीहरूको लागि अत्यन्तै पवित्र स्थल मानिन्छ। यसलाई “सिरफुट्टा शिवजी” पनि भनिन्छ — यसको मूल कारण मन्दिरमा रहेको शिवलिङ्ग खण्डित अवस्थामा भेटिनु हो। २. ऐतिहासिक पृष्ठभूमि प्राचीनकालमा एक किसान जंगल छेउमा घाँस काट्न गएका बेला एउटा ढुंगाजस्तो आकृति देखे। त्यस ढुंगालाई जब पल्टाइयो, त्यसमा साँढेको आकार देखियो र कान खसेको थियो।त्यही आकृतिलाई पूजनीय मानेर स्थानीयहरूले “टुटेको रूप” का शिवका रूपमा पूजा गर्न थाले।यही घटनाबाट प्रेरित भएर त्यस स्थानको नाम “टुटेश्वर” रहन गयो। ३. भूगोल र वातावरण मन्दिर बर्दिबास बजारभन्दा केही उत्तर पश्चिमतर्फ खयरमारा जंगलको छेउमा अवस्थित छ।मन्दिर परिसर शान्त, हरियालीले भरिएको तथा चुरे…
थप पढ्नुहोस्

कुमारी बैंकद्वारा टुटेश्वरको श्री जनता आधारभूत विद्यालयलाई ५ वटा सिलिङ फ्यान हस्तान्तरण

बर्दिबास, महोत्तरी | २०८१ आषाढ कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका–१०, टुटेश्वरस्थित श्री जनता आधारभूत विद्यालयलाई ५ वटा सिलिङ फ्यान प्रदान गरेको छ।फ्यान हस्तान्तरण कार्यक्रम विद्यालय परिसरमै एक सानो समारोहका साथ सम्पन्न भएको थियो। कार्यक्रममा कुमारी बैंकका मधेस प्रदेश प्रमुख सुरेश यादव, मधेस प्रदेश अपरेसन विभागका प्रमुख विक्रम कुमार श्रेष्ठ र खयरमारा शाखा प्रमुख निर्माण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो। उहाँहरूले विद्यालयका प्रधानाध्यापक अम्बर बहादुर विश्वकर्मालाई फ्यानहरू औपचारिक रूपमा हस्तान्तरण गर्नुभएको हो। यस सहयोग कार्यक्रममार्फत अत्यधिक गर्मीका कारण कक्षा कोठामा पठनपाठनमा समस्या झेलिरहेका बालबालिकाहरूलाई सहज र शीतल वातावरणमा अध्ययन गर्ने अवसर उपलब्ध हुने अपेक्षा गरिएको छ।कुमारी बैंक खयरमारा शाखाले विगत ३ वर्षदेखि यस क्षेत्रका…
थप पढ्नुहोस्

महोत्तरी र सर्लाहीको उत्तरी भेगमा व्यवसायीक रुपमा मौलाउदै प्रतिबन्धित गाँजाखेती

महोत्तरी तथा सर्लाहीको उत्तरी भेग चुरे भूभाग भन्दा तल रहेको बाँके खोला, छोड्के खोला, तथा खयरमारा खोलाको अधिकांश स्थानीय बासिन्दाले पछिल्लो केही वर्ष देखि नेपालमा प्रतिबन्धित लागुऔषधको रुपमा रहेको गाँजा खेती व्यवसायीक रुपमा गर्ने गरेका छन् । भौगोलिक विकटता, गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारीका लागि अन्य जिल्ला तथा वैदेशिक रोजगारी बाट फर्केकाहरू समेत यसै पेशामा संलग्न छन्। सरकारी बिद्यालयमा अध्यापन गराउने शिक्षक समेत यश पेशामा लागेका छन्। यश प्रतिबन्धित गाँजा खेती पछिल्लो वर्ष भन्दा यो वर्ष बर्दिबास १०/११ खयरमाराका तल्लो भेगमा बस्ने अन्य व्यक्तिले समेत जमिन भाडामा लिएर गाँजा खेती गरेकाले झनै मौलाएको ठोकुवाका साथ भन्न सकिन्छ । माथिल्लो भेगका आर्थिक रुपले विपन्न परिवार जो सँग कसैले ऋण पत्याउने हैसियत छैन…
थप पढ्नुहोस्

बर्दिबास नगरपालिकाभित्र रहेका विद्यालयहरूमा गर्मी विदा

Oplus_131072 बर्दिबास, महोत्तरी — बर्दिबास नगरपालिकाले अत्यधिक गर्मी र तातो हावाका कारण विद्यालय बन्द गर्ने निर्णय गरेको छ। केही दिनयता बढ्दो गर्मीले विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने भएकोले नगरपालिकाले यस्तो निर्णय लिएको हो।नगर कार्यपालिकाको कार्यालयबाट जारी सूचनामा भनिएको छ, “२०८२ सालको शैक्षिक सत्र अन्तर्गतको पठनपाठन २०८२/०३/०१ गतेदेखि २०८२/०३/०३ गते मङ्गलवारसम्मका लागि बन्द गरिएको छ।”यस अवधिमा बर्दिबास नगरपालिका क्षेत्रभित्रका सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरू सबै बन्द रहने छन्।नगरपालिकाका उपसचिव रेवती प्रसाद पराजुलीद्वारा हस्ताक्षरित सूचनामा विद्यार्थीहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै अस्थायी विदा दिइएको उल्लेख गरिएको छ।
थप पढ्नुहोस्