स्थानीय समाचार

नागरिकता किर्तेमा दोषी ठहरिए, प्रेस स्वतन्त्रतामाथि हमला हो भन्ने?

कान्तिपुर मिडिया ग्रुपका मालिक कैलाश सिरोहियालाई नागरिकता किर्ते मुद्दामा दोषी ठहराउँदै अदालतले जेल चलान गर्ने निर्णय गरेको खण्डमा पनि के यो प्रेस स्वतन्त्रतामाथिको हमला ठहर्छ? यदि यो निर्णय प्रेस स्वतन्त्रतामाथिको हमला नभएर कानूनी कारबाही मात्र हो भने, अदालतले पक्राउ पुर्जी जारी गर्दा कुन लेख, टिप्पणी वा वक्तव्यका आधारमा प्रेस स्वतन्त्रता हनन गरेको हो भन्ने प्रश्न उठ्छ। समाजमा चाकडीबादी प्रवृत्ति अझै हानिकारक हुँदै गएको देखिन्छ। चाकडीबादी प्रवृत्तिमाथि भएको कुनै पनि हमला प्रेस स्वतन्त्रतामाथि भएको हमला भनेर बुझ्नु गलत हुनेछ। कम्तिमा पनि यो मुद्दामा त यो स्पष्ट छ। प्रेस स्वतन्त्रता कुनै व्यक्तिको व्यक्तिगत ठेक्का होइन। यस्तो लाजमर्दो अवस्थाबाट जोगिन सबैले ध्यान दिनु आवश्यक छ।
थप पढ्नुहोस्

शहीद विद्यालयमा झोला र खेलकुद सामग्री वितरण कार्यक्रम सम्पन्न

मिति २०८१/०२/०६ गतेका दिन शहीद विद्यालयमा Asian Education Foundation Nepal संस्थाको तर्फबाट विधार्थीहरुलाई झोला वितरण र बाल क्लबलाई खेलकुद सामग्रीको लागि नगद प्रदान गर्ने कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा माननीय तथा पूर्व मधेश प्रदेश गृह मंत्री श्री भरत प्रसाद साह, वार्ड न. ११ का वडा अध्यक्ष श्री पूर्ण बहादुर बल, संस्थाका अध्यक्ष श्री डा. इन्द्र बहादुर रखाल, श्री तारा थापा मगर, र श्री अनिल बस्नेत तथा स्थानीय समाजसेवीहरुको गरिमामय उपस्थिति रहेको थियो। Asian Education Foundation Nepal ले विद्यालयका सम्पूर्ण विधार्थीहरुलाई १-१ झोला वितरण गरेको छ। साथै, शहीद विद्यालय बाल क्लबलाई खेलकुद सामग्रीको लागि रु. २०,०००/- नगद प्रदान गरिएको छ। विद्यालय परिवारले यो महत्त्वपूर्ण सहयोगको लागि संस्था र उपस्थित सबै अतिथिहरुप्रति…
थप पढ्नुहोस्

खयरमारादेखि चनौटे छोड्के हुँदै मदन भण्डारी राजमार्ग जोड्ने सडकको शिलान्यास।

बर्दिबास। खरमारादेखि चनौटे छोड्के सुकेडाँडा राइ दमार हुँदै मदन भण्डारी राजमार्ग जोड्ने सडकको शिलान्यास भएको छ।२१ करोड १७ लाख ६१ हजारको लागतमा बन्न लागेको सडकको मधेस प्रदेशको पूर्व सञ्चार तथा गृहमन्त्री भरतप्रसाद शाह तथा बर्दिवास नपाका मेयर प्रल्लाद कुमार क्षेत्री को सहभागितामा शिलान्यास भएको छ। निर्माणको जिम्मेवारी श्री जय बाबा गोरखा बालकोट कम्पनीले पाएको छ। कार्य समापनको अवधि दुई वर्षको रहेको छ। सडक सञ्जाल बनेपछि बर्दिवास नपा १० ११ को उत्तरी भेगको मानिसहरूलाई राहत मिल्ने देखिन्छ।
थप पढ्नुहोस्

सहयोग गर्न हुनबारे

बर्दिवास नगरपालिका अन्र्तगत वडा न. ५,१० र ११ का विभीन्न जाती, धर्म, संस्कृति र विधी मान्ने स्थायी वासीन्दाहरुले जीवन को एक अभिन्न अङ्ग, मृत्यु पछीको शव दहन कार्य व्यवस्थीत, सुरक्षीत र एकत्रीत नभैरहेको अवस्थालाई मध्यनजर गर्दै सो कार्यलाइ आ-आफ्‌ना परम्परा, विधी र संस्कृति अनुकुल हुने गरी व्यवस्थीत, सुरक्षीत एकत्रीत गरी चुरे क्षयिकरणको रोकथाम वातावरण अनुकुल समाज मैत्री बनाउने उद्देश्यले खयरमारा टुटेश्वर घाट (शवदहन) संरक्षण तथा निर्माण समीती गठन भइ कार्य प्रारम्भ गरेको हुदा, उक्त निर्माण कार्य हाल ब.न.पा. १० मा पर्ने भालुझोरा तथा टुटेश्वर खोलाको दोभान मा नदी उकास गरी काम हुदै गर्दा रकम अभावका कारण विभीन्न व्यक्ती, समुदाय, संघसंस्था हरुमा जानकारीका साथ स्वैच्छीक सहयोग गर्न हुन अनुरोध गरीन्छ ।संयुक्त…
थप पढ्नुहोस्