मिति : २८ / ०२ / २०८१ सन्दीप लामिछानेले पुरुष टी-२० विश्वकप २०२४ खेल्ने भएका छन्। लामिछाने वेस्ट इन्डिज प्रस्थान भई नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश निकालेको प्रेस विज्ञप्तिमा भनिएको छ। विज्ञप्तिमा लेखिएको छ"जारी आईसीसी का लागि नेपाली खेलाडी सन्दीप लामिछाने वेस्ट इन्डिज प्रस्थान भई नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने जानकारी गराउन चाहन्छौं। सम्मानित उच्च अदालत पाटनले गत मे १५ मा दिएको फैसलासँगै नेपाल क्रिकेट संघले पूर्व घोषित टिमबाट युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गर्दै सन्दीप लामिछानेलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आईसीसी सामु पेशगरेको थियो।सन्दीप लामिछाने गत मे १६ तारिखदेखि नै नेपालको अफिसियल स्क्वाडमा रहेका तर उनको अमेरिकी भिसा प्राप्त नभएता पनि…
आइसिसी टि ट्वान्टी विश्वकप अन्तर्गत आज नेपाल र नेदरल्यान्ड भिड्दैछन्। आजको खेल नेपाली समयअनुसार राति सवा नौ बजेदेखि ग्रान्ड प्रेरी स्टेडियम टेक्सासमा खेल हुँदै छ। त्यस्तै नेपालमा भने काठमाडौँ महानगरपालिकाले टिट्वान्टी विश्व कप खेलको निःशुल्क प्रत्यक्ष प्रसारण गर्दै छ। महानगरपालिकाले टुँडिखेल, तीनकुने र हाँडीगाउँमा ओपन डोर्स इन्टरटेनमेन्टको सह आयोजना र खेलकुद मन्त्रालयको सहकार्यमा प्रत्यक्ष प्रसारण गर्न लागेको हो।
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले सरकारी तवरबाट आवश्यक सबै पहल हुँदा समेत अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा नदिएको बताएको छ । क्यानका सचिव पारस खड्काले बिहीबार एक विज्ञप्ति जारी गर्दै संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा संचालन हुन लागेको आइसिसी पुरुष टी– २० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागिताका लागि अमेरिकी दूतावासले भिसा नदिएको औपचारिक जानकारी गराएका हुन् । क्रिकेट खेलाडी लामिछानेको भ्रमणका निम्ति कूटनीतिक नोटसहित नेपाल सरकार, परराष्ट्र मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, नेपाल क्रिकेट संघका साथै आईसीसीबाट आवश्यक पहल भएको अवस्था हुँदा समेत अमेरिकी दूतावासले विश्वकप खेल्नका लागि भिसा नदिएको विज्ञप्तिमा उल्लेख छ । लामिछानेले भिसाका लागि दुई पटक निवेदन दिएपनि दूतावासले दुबै पटक भिसा दिन…
Photo:- ANI चेन्नईको एमए चिदम्बरम स्टेडियममा भएको आईपीएलको फाइनल खेलमा कोलकाता नाइट राइडर्स (केकेआर)ले सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गरेको छ । योसँगै कोलकाताले तेस्रो पटक आईपीएलको उपाधि जितेको छ । यसअघि कोलकाताले सन् २०१२ र २०१४ मा यो प्रतियोगिता जितेको थियो।हैदरावादले टस जितेर पहिले ब्याटिङ गरेको थियो। प्रतियोगिताभर ठूलो रन बनाएको हैदरावादको टोली आईपीएल फाइनलको इतिहासमा सबैभन्दा कम स्कोरमा सिमित भयो। पूरै टोली १८.३ ओभरमा ११३ रनमा आउट भयो।
नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ। उच्च अदालत पाटनले बलात्कार मुद्दामा सन्दीपलाई सफाइ दिएसँगै क्यानले उनीमाथिको निलम्बन फुकुवा गरेको हो।बुधबार साँझ विज्ञप्ति जारी गर्दै क्यानले उनीमाथि घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिमा लगाइएको निलम्बन फुकुवा गरेको जनाएको छ। "सम्मानित उच्च अदालत पाटनको मिति २०८१ जेठ २ को फैसला बमोजिम नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा निर्दोष रहेको भनी फैसला आएके हुँदा उनलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरिएको जानकारी गराउँदछौँ," विज्ञप्तिमा भनिएको छ।
