समाचार

संसारमा घटिएका अनगिन्ती घटनाहरुमा , के हामीले आफ्नो व्यक्तिगत धारणा राख्न जरुरी छ ?

विकास घिसिङ, बर्दिबास -१० यो संसारमा घटिएका , घटाइएका अनगिन्ती घटनाहरुमा , देखिएका , देखाइएका परिदृश्यहरुमा के हामीले आफ्नो व्यक्तिगत धारणा राख्न जरुरी छ ? छ वा छैन ? मूलतः यो संसारमा , संसार पक्ष वा विपक्षमा आफ्नो व्यक्तिगत, रज्यगत, संस्थागत धारणा ( Notion) अभिव्यक्त गर्न दुई ध्रुवमा विभाजित हुन्छन् । मलाई लाग्छ , सायद ! उनीहरू सत्य वा असत्यकाे आधारमा पक्ष वा विपक्षमा उभिन्छन् भन्दापनि मन पर्ने र मन नपर्नेकाे आधारमा खडा हुन्छन् । आफ्नो स्वार्थलाई केन्द्रमा राखेर तर्क गर्छन् । यो त स्वभाविक हो । पक्ष वा विपक्षमा उभिनु त । संसारको नियम नै हो । म ती ध्रुवहरुलाई ठिक वा बेठिक भनी छुट्याउन कुनै न्यायलयको न्यायाधीश होइन…
थप पढ्नुहोस्

मधेश प्रदेशमा नयाँ मन्त्रिपरिषद् गठन

२०८१/०२/२५ मधेस प्रदेशमा १४ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ। शुक्रबार जनमत पार्टीका सांसद् सतिशकुमार सिंह मुख्यमन्त्री नियुक्त भएपछि मधेस प्रदेशमा मन्त्रिपरिषद् गठन गरिएको हो। प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मुख्यमन्त्री सिंहको सिफारिसमा कार्य विभाजनसहित मन्त्रिपरिषद् गठन गरेको प्रदेश प्रमुख कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। सतिश कुमार सिंह मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बन तथा वातावरण मन्त्रालय, मन्त्रीहरूमा सरोज कुमार यादव भौतिक पूर्वाधार विकास मन्त्रालय, भरत प्रसाद साह अर्थ मन्त्रालय, गोविन्द बहादुर न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, युवराज भट्टराई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय, राज कुमार लेखी शिक्षा तथा संस्कृति मन्त्रालय, शत्रुधन प्रसाद सिंह स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, बेची मुंगेली उर्जा, सिचाई तथा खानेपानी मन्त्रालय,…
थप पढ्नुहोस्

भारतीय जनता पार्टी भाजपा लोकसभा चुनावमा बहुमत ल्याउन असफल

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारुट दल भारतीय जनता पार्टी भाजपा लोकसभा चुनावमा बहुमत ल्याउन असफल भएको छ। पछिल्ला दुई चुनावमा लगातार बहुमत ल्याएर सरकारको नेतृत्व गरेका मोदीलाई यसपटक पछिल्ला दुई चुनावमा लगातार बहुमत ल्याएर सरकारको नेतृत्व गरेका मोदीलाई यसपटक भने सरकार बनाउन गठबन्धनमा आबद्ध दलहरूको भर पर्नुपर्ने अवस्था आएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गठबन्धनले लगातार तेस्रो पटक सरकार बनाउने निश्चित भएको बताउँदै आएका छन्। अब मोदीको राजनीति बिहारका नितिश कुमार र आन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्री चन्द्रबाबु नायडू जस्ता नेताको मन र मतमा निर्भर रहनेछ। पाचँ सय ४२ सिटको लागि भएको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी भाजपाले २ सय ४० सिटमा जित हासिल गरेको छ र भाजपा नेतृत्वको गठबन्धनले २…
थप पढ्नुहोस्

गर्मीको मौसममा तराई नेपालमा स्वास्थ्य हेरचाह गर्ने उपायहरु:

१. पानीको सेवन प्रचुर मात्रामा पानी पिउनुहोस्: दिनमा कम्तीमा ८-१० गिलास पानी पिउनुहोस्। ओआरएस (ओरल रिहाइड्रेशन सोल्यूसन): शारीरिक गतिविधिहरूमा संलग्न हुँदा विशेष गरी निर्जलीकरण रोक्न ओआरएस प्रयोग गर्नुहोस्। चिनीयुक्त पेय पदार्थहरूबाट टाढा रहनुहोस्: चिनीयुक्त पेय पदार्थ र मदिरा कम गर्नुहोस् किनकि तिनीहरूले निर्जलीकरणमा योगदान गर्न सक्छन्। २. आहार सम्बन्धी विचारहरू हल्का खाना: फलफूल, तरकारी, र सलाद जस्ता हल्का, सजिलै पच्ने खाना खानुहोस्। फ्रिक्वेन्ट सानो भोजन: ठूला भोजनहरूको सट्टा साना, बारम्बार भोजन सेवन गर्नुहोस्। मसालेदार र तेलीय खाना बचाउनुहोस्: यीले शरीरको तापक्रम बढाउँछ र अपचको कारण बन्न सक्छ। ३. लुगाफाटो र आश्रय हल्का कपडा लगाउनुहोस्: खुकुलो, हल्का रंगको, र सास फेर्न सक्ने कपडा छनोट गर्नुहोस्, जस्तै कपास। टोपी र चश्मा प्रयोग…
थप पढ्नुहोस्

यस वर्षको मनसुनमा करिब १८ लाख १ हजार जनसङ्ख्या र ४ लाख १२ हजार घरधुरी प्रभावित हुनसक्ने

काठमाडौं, जेठ २१ यस वर्ष विपद्‍बाट करिब १८ लाख १ हजार जनसङ्ख्या र ४ लाख १२ हजार घरधुरी कुनै न कुनै रुपमा प्रभावित हुनसक्ने अनुमान छ । त्यसैगरि, मनसुनजन्य विपदबाट ८३ हजार घर परिवार प्रत्यक्ष प्रभावित हुन सक्ने र १८ हजार घर परिवारलाई मनसुनजन्य विपदमा उद्धार तथा राहत दिनु पर्ने आँकलन पनि गरिएको छ । यस वर्षको मनसुनमा हुनसक्ने जोखिम तथा क्षति आँकलन गरी संघीय मन्त्रालय, प्राधिकरण, विभाग, सुरक्षा निकाय, प्रदेश सरकार, जिल्ला तथा स्थानीय तहको जिम्मेवारी समेटिएको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८१  पारित भएको छ ।   उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको अध्यक्षतामा बसेको बैठकले कार्ययोजना पारित गरी सबै मन्त्रालय, विभाग तथा अन्य सम्वद्ध निकायलाई कार्यान्वयनका लागि निर्देशन…
थप पढ्नुहोस्