समाचार

प्रधानमन्त्री दाहाललाई विश्वासको मत

संघीय संसदको प्रतिनिधिसभामा विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कदमले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग सत्तापक्षको सम्बन्ध थप तितो बनेको देखिएको छ। प्रधानमन्त्रीले चौथोपटक विश्वासको मत लिने आजको कार्यक्रम सहकारी प्रकरणमा संसदीय छानबिन समितिको माग गरिरहेको कांग्रेसको नाराबाजी र अवरोधका बीच अघि बढाइएको थियो। विश्वासको मतको निम्ति प्रधानमन्त्री प्रचण्डले राखेको प्रस्तावलाई सभामुख देवराज घिमिरेले कांग्रेसको नाराबाजीकै बीच मतदानमा लगे। कांग्रेस सहभागी नभएको उक्त मतदानमा प्रधानमन्त्रीको पक्षमा १५७ जना सांसदले मत दिएकोमा विश्वास मत दिन्न भन्नेमा एक मत परेको सभामुख देवराज घिमिरेले बताए। पहिलो बैठकमा पटकपटक आग्रह गर्दा पनि विश्वासको मत दिने कार्यक्रम अघि बढाउन कांग्रेस सांसदहरु तयार नभएपछि सभामुखले १५ मिनेटको निम्ति भन्दै बैठक स्थगित गरे र दोस्रो बैठकमा…
थप पढ्नुहोस्

कामकुरो एकातिर ‘कुम्लो बोकी ठिमी तिर’

काठमान्डौका मेयर बालेन शाह लेख्छन "कामकुरो एकातिर कुम्लो बोकी ठिमी तिर" गिरिबन्धुलाई जग्गा सट्टाभर्ना गर्दै बेच्न दिने भने पछि अरु १०० भन्दा बढि कम्पनीले गिरीबन्धु जसरी नै हदबन्दी छुट र सट्टापट्टा पाउनुपर्ने भन्दै हजारौँ बिगा जमीन बेच्न पाउने निवेदन हालेका थिए । यसरी सबै कम्पनीलाई हदबन्दी छुटको नीतिगत निर्णय गर्दा कम्तीमा पनि ५० खर्बसम्मको खेलोफड्को हुने सम्भावना रहेको आँकलन गरिएको छ । सर्वोच्च अदालतको एउटा फैसलाले अहिले यसरी निवेदन दिने कम्पनीको खेलमा केही धक्का लागेको छ । तर, बिचौलियाको गिरोह र नीतिगत तहमा बसेर निर्णय गराउनेहरू भने खुलेआम राजनीतिक शक्ति केन्द्रमा रहेका छन् । उनीहरूको स्वर घटेको छैन । कानून नै परिवर्तन गर्न कुरेर बसेका छन् । यदि त्यस्तो भयो…
थप पढ्नुहोस्

प्रहरी जवानको हत्या गर्ने सार्वजनिक

ट्राफिक प्रहरी प्रभाग दरबारमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न ७ जनालाई प्रहरीले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ। घिमिरे खोटाङको मजुवागढी नगरपालिका १ घर भई हाल काठमाडौँ टोखा नगरपालिका १० गोङ्गबुको गणेशथान बस्दै आएका नेपाल प्रहरीमा कार्यरत थिए।  घिमिरे घर जाने बाटोको प्राविधिक पक्षहरुको विश्लेषण गर्दा विगतमा चोरी लुटपाट कुटपिट लगायतका अपराधमा संलग्न व्यक्तिहरूलाई अनुसन्धान गरेर‌ प्रहरीले हत्यारालाई फक्रिएको छ।   एक राउन्ड हवाई फायर गरी पक्राउ गरिएको प्रहरीले बताएको छ। पत्रकार सम्मेलनका क्रममा आइतबार काठमाडौँ प्रहरी प्रमुख एसएसपी बसन्त रजौरेले पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण १ स्थायी घर भएका २१ वर्षीय आइते भनिने सचिन परियार, नुवाकोटका वर्ष १८ कि अन्जली श्रेष्ठ, स्याङ्जा आधिखोला गाउँपालिका ३ स्थायी घर भएका ५६…
थप पढ्नुहोस्

अवैध कामदार खोज्दै मलेसिया, १५ नेपाली पक्राउ

मलेसियाले बजारमा छापा मार्दा वैध कागजात नभएका १५ नेपालीसहित ५ सय विदेशी पक्राउ परेका छन् । त्यहाँको सेरी केम्बांगनस्थित सेलान्गोर होलसेल बजारमा अध्यागमन विभागले अपरेसन सञ्चालन गरेको थियो । अपरेसनमा सहभागी सेलान्गोर इमिग्रेसनका निर्देशक खैरुल अमिनस कमरुद्दीनले शनिबार बिहानै अपरेसनका क्रममा २६ जना महिलासहित ५ सय ३० विदेशीलाई नियन्त्रणमा लिइएको बताए ।
थप पढ्नुहोस्