समाचार

श्रृङ्खला खतिवडाले नारा लगाएको भिडियो भाइरल

पूर्व मिस नेपाल श्रृङ्खला खतिवडा जो अहिले पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको बुहारी पनि हुन्। कान्तिपुर मिडियाको कार्यालयबाट ससुरा सिरोहिया पक्राउ परेपछि उनी थप चर्चामा छिन्। यतिबेला चर्चामा पर्नुको मुख्य कारण हो उनले आफ्नो ससुरालाई प्रहरीले नियन्त्रणमा लिरहदा गृहमन्त्री मुर्दाबाद भन्दै नारा लगाइरहेकी थिइन्। श्रृङ्खला खतिवडाले नागरिकता मुद्दामा अनुसन्धानको लागि पक्राउ परेपछि कान्तिपुरका अध्यक्ष कैलाश सिरुभियालाई बाहिर पर्खिरहेकी थिइन्. त्यसै क्रममा उनले गृहमन्त्री मुर्दाबाद भन्ने नारा लगाइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। पूर्व मिस नेपाल श्रृङ्खला खतिवडा सिरोहियाका छोरा सम्भव सिरोहियासँग केही वर्ष पहिले विवाह बन्धनमा बाँधिएकी थिइन्। श्रृङ्खला खतिवडा २०१८ को मिस नेपाल हुन्।
थप पढ्नुहोस्

सडक विभागलाई बालेनको धुलो उपहार

काठमाडौँ काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले चक्रपथ विस्तार नगरेको भन्दै सडक विभाग तथा डिभिजन सडक कार्यालय काठमाडौँ अगाडि धुलो थुपारी दिएका छन्। १५ वर्ष देखि काठमाडौँ महानगरवासीले धुलो खानुपरेको भन्दै बालेन शाहको निर्देशनमा शनिबार सडकका धुलो तथा फोहोरहरू जम्मा गरी ती कार्यालय अगाडि धुलो खन्याएको छन्। उनले आफ्नो फेसबुकमा लेखेका छन्। "माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठज्यु ! तपाईंको ठाडो आदेशले भईरहेको कुनै काम रोक्न सक्नुहुन्छ भने त्यहि आदेशले बनाउन पनि सक्नुहुन्छ होला । विगत १५ बर्षदेखि काठमाडौको जनताले कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट बेहोर्नु परेको छ । काठमाडौमा हुने आधा भन्दा बढि प्रदुषणमा त्यहाँ कै धुलोको हात छ, जसले गर्दा महानगरवासीले धुलोधुँवा खानु…
थप पढ्नुहोस्

कुन प्रदेशमा बस्नेले धेरै कमाउँछन्।

Photo:- iStock नेपालीहरूले यो वर्ष १,४५६ अमेरिकी डलर अर्थात् झन्डै १.९५ लाख नेपाली रुपैयाँ औसत आय गरेको अनुमान गरिएको छ। केन्द्रीय तथ्याङ्क कार्यालयले हालै सार्वजनिक गरेको विवरणअनुसार नेपालीहरूको औसत प्रतिमहिना आम्दानी झन्डै १६,००० र प्रतिदिन ५०० रुपैयाँ हुन्छ। तर बागमती प्रदेशमा बस्ने मानिसको औसत वार्षिक कमाइ ३.३० लाख भन्दा बढी र मधेश प्रदेशवासीको १.१८ लाख मात्रै हुने ठानिएको छ।गत वर्षको भन्दा नेपालीहरूको औसत प्रतिव्यक्ति आय भने ५७ डलर अर्थात् ७,६०० रुपैयाँले बढेको छ। तथ्याङ्क कार्यालयका अनुसार नेपालीहरूको औसत आम्दानी केही वर्षयता बढ्दो क्रममा छ। सबै प्रदेशमा बस्ने नेपालीहरूको औसत आम्दानी समान छैन। बागमती प्रदेशमा बस्नेहरूको औसत कमाइ अन्य प्रदेशमा बस्नेहरूको भन्दा धेरै छ भने मधेश प्रदेशमा बस्नेले बागमती प्रदेशमा बस्नेहरूको…
थप पढ्नुहोस्

सन्दीप लामिछानेको विश्वकप अनिश्चित

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विश्वकप क्रिकेट खेल्न पाउने नपाउनेमा अन्यौलमा परेका छन् । काठमाडौंस्थित अमेरिकी दूतावासले उनको भिसा अस्वीकार गरेको हो। लामिछानेले सामाजिक सञ्जालबाट यसप्रति दुःख व्यक्त गरेका छन् । यसअघि २०१९ मा पनि उनको भिसा अस्वीकार भएकोमा पछि भिसा पाएका थिए ।उनले विश्वकप खेल्न जान नपाएकोमा समर्थकसँग माफी मागेका छन् । लामिछानेले दुई साताअघि बलात्कार मुद्दामा सफाइ पाएका थिए । सफाइ पाएलगत्तै उनलाई टी–२० विश्वकप खेलाउन अमेरिका पठाउने क्रिकेट संघको तयारी थियो । तर, भिसा अस्वीकृत भएसँगै उनको विश्वकप खेल्ने बाटो रोकिएको हो ।
थप पढ्नुहोस्