समाचार

जिल्ला प्रशासन कार्यालय महोत्तरीका नासु घुससहित पक्राउ

महोत्तरी, मङ्सिर ७ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले महोत्तरी जिल्ला प्रशासन कार्यालयमा कार्यरत नायब सुब्बा (नासु) अशोककुमार यादवलाई घुससहित पक्राउ गरेको छ। यादवले २० हजार रुपैयाँ घुस लिँदै गर्दा शुक्रबार बिहान नियन्त्रणमा लिइएको हो।प्राप्त जानकारी अनुसार, सवारी ज्यान मुद्दामा सवारीधनीले जम्मा गरेको क्रिया खर्च रकम मृतकका हकवालालाई दिनुपर्नेमै यादवले पटक–पटक घुस मागेका थिए। पीडित पक्षले अख्तियारमा उजुरी दिएपछि आयोगले यादवलाई निगरानीमा राखेको थियो।शुक्रबार बिहान अख्तियारको टोलीले मुद्दा शाखाका नासु यादवलाई २० हजार रुपैयाँ नगदसहित पक्राउ गरेको हो। अख्तियारका अनुसार यादवले मृतकका परिवारबाट उक्त घुस रकम लिएको पुष्टि भएको छ। अख्तियारले यादवविरुद्ध आवश्यक कारबाही प्रक्रिया अघि बढाइसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।
थप पढ्नुहोस्

दुर्गा प्रसाईं पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दोस्रो पटक पक्राउ गरेको छ। यसअघि उनलाई असोज ६ गते साइबर अपराध मुद्दामा पक्राउ गरिएको थियो। यस पटक प्रसाईंलाई प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको आरोपसँग सम्बन्धित अनुसन्धानका लागि पक्राउ गरिएको हो। उनले प्रधानमन्त्री ओलीले भ्रष्टाचारमार्फत ३२ अर्ब रुपैयाँ कम्बोडियाको टेलिकममा लगानी गरेको दाबी गरेका थिए। उक्त दाबीसँगै प्रसाईंले स्क्रिनसट र प्रमाणस्वरूप केही कागजात सार्वजनिक गरेका थिए। तर ती कागजातको सत्यता शंकास्पद रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। भक्तपुरस्थित निवासबाट पक्राउ गरिएका प्रसाईंमाथि साइबर अपराध सम्बन्धी मुद्दा दर्ता गरिएको प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) होबिन्द्र बोगटीले जानकारी दिएका छन्। उनका अनुसार प्रसाईंले सार्वजनिक गरेको तथाकथित प्रमाणमा प्रधानमन्त्रीको हस्ताक्षर र नामसमेत गलत…
थप पढ्नुहोस्

महोत्तरीमा १५० किलो गाँजासहित दुई जना पक्राउ

प्रहरीले महोत्तरीको औरही नगरपालिका-१ स्थित चेकपोष्ट नजिकै १५० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। शनिबार दिउँसो भएको उक्त पक्राउमा सर्लाहीका २७ वर्षीय आकाश ठाकुर र ३० वर्षीय पेमा दोर्जे लामालाई समातिएको हो। जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी औरहीबाट खटिएको टोलीले गौशलाबाट औरहीतर्फ आउँदै गरेको युपी ५७ एएफ ९४९५ नम्बरको कार जाँच गर्दा, डिकीमा ३० वटा पोकामा गाँजा लुकाइएको अवस्थामा फेला परेको थियो। साथै, कारबाट नगद ७७ हजार रुपैयाँ र तीन थान मोबाइल पनि बरामद गरिएको छ। पक्राउ परेकाहरूमाथि लागूऔषध नियन्त्रणसम्बन्धी कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ। यस प्रकारका गतिविधि रोक्न प्रहरीले चेकजाँचलाई थप कडाइ गर्ने बताएको छ।सम्बन्धित निकायले घटना अनुसन्धान जारी राखेको छ।
थप पढ्नुहोस्

कोशी ग्यास सिलिन्डरमा चार केजी तौल कम

मोरङको बुढीगंगा गाउँपालिकास्थित कोशी ग्यास उद्योगले उपभोक्ताका लागि पठाएको सिलिन्डरमा तौल कम पाइएको छ। उपभोक्ताले खरिद गरेका चार सिलिन्डरमा चार केजीसम्म ग्यासको कमी देखिएपछि स्थानीय प्रशासन र गुणस्तर तथा नापतौल कार्यालयले अनुसन्धान अघि बढाएका छन्।विराटनगर–३ बुद्धचोकमा राखिएका चारवटा सिलिन्डरमा ग्यासको तौल क्रमशः १०.७४ केजी, ९.७४५ केजी, ८.८ केजी र १३.७६५ केजी मात्र पाइएको हो। नापतौल नियमअनुसार हरेक सिलिन्डरमा १४ केजी दुई सय ग्राम ग्यास हुनुपर्ने भए पनि पाइएको तौल निकै कम देखियो। यसबाट उपभोक्ताको सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ।स्थानीय किशोर चापागाईंले यी सिलिन्डरमा ग्यास कम भएको आशंकामा जिल्ला प्रहरी मोरङमा उजुरी दिएका थिए। अनुसन्धानपछि गुणस्तर तथा नापतौल कार्यालयको टोलीले पनि घटनाको पुष्टि गरेको हो। वाणिज्य विभागले मुचुल्का तयार पार्दै राजकुमार…
थप पढ्नुहोस्

विद्युत् आपूर्तिको विषयमा अनावश्यक विवाद गर्दै उद्योगीहरू:

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड फिडर र ट्रंकलाइन जस्ता विद्युत् आपूर्तिको विषयलाई केही उद्योगीहरूले अनावश्यक विवादमा तान्ने र राजनीतीकरण गर्ने गरेको बताएका छन्। बुधबार आयोजित पत्रकार सम्मेलनमा घिसिङले उद्योगीहरू बक्यौता तिर्न नचाहने भएकाले विवाद सिर्जना गरेको उल्लेख गरे।घिसिङले भने, “उद्योगहरूले प्रायः लाइन काटिने बेलासम्म उत्पादन गरेका सामग्रीहरू पर्याप्त मात्रामा भण्डारण गरेका हुन्छन्, जसले गर्दा लाइन काटिनुपूर्वको १०–१५ दिन, कहिलेकाहीँ एक महिनासम्म आपूर्ति गर्न सकिन्छ। उद्योगहरू पूर्ण क्षमतामा चल्दैनन्; करिब ५० प्रतिशत, कहिलेकाहीँ २०–३० प्रतिशत क्षमतामात्र प्रयोगमा हुन्छ। जबसम्म उनीहरूको भण्डारण भएको सामग्री बिक्री हुँदैन, तबसम्म उनीहरूले लाइन जोड्न अग्रसर हुँदैनन्। त्यसपछि उनीहरू बेरोजगारी बढेको, देशको आर्थिक स्थिति खस्केको जस्ता भावनात्मक ब्ल्याकमेलको सहारा लिएर सरकारलाई कुनै…
थप पढ्नुहोस्