श्रमाधान रोजगार मेला मा बर्दिबास ११, खयरमारामा स्थित निर्मल लामा बहुप्रविधिक शिक्षालयबाट स्टल राखी सहभागिता जनाउदै। नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, मधेश प्रदेश, श्रम तथा यातायात मन्त्रालय र स्थानीय सरकारको नेतृत्वमा सातै प्रदेशमा श्रमाधान रोजगार मेला २०८१ को आयोजना गर्ने सिलसिलामा मधेश प्रदेशमा नेपाल उद्योग परिसंघको सह-आयोजनामा रोजगार मेला आज शनिबार सुरु भएको छ। उक्त रोजगार मेला २०८१ जेठ १९ र २० गते उद्योग वाणिज्य संघ, जनकपुरधामको सभाहल भइरहेको छ। रोजगार मेलामा रोजगारी, सिप र श्रमको बारेमा जानकारी लिन सकिन्छ। वैदेशिक रोजगारी बाट फर्किएकाहरूका लागि लागि र देशमै केही गर्छु भन्नेका यो मेलामा धेरै कुराहरू सिक्ने अवसर राखिएको छ। मेला भोलिसम्म चल्ने छ ।
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले सरकारी तवरबाट आवश्यक सबै पहल हुँदा समेत अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा नदिएको बताएको छ । क्यानका सचिव पारस खड्काले बिहीबार एक विज्ञप्ति जारी गर्दै संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा संचालन हुन लागेको आइसिसी पुरुष टी– २० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागिताका लागि अमेरिकी दूतावासले भिसा नदिएको औपचारिक जानकारी गराएका हुन् । क्रिकेट खेलाडी लामिछानेको भ्रमणका निम्ति कूटनीतिक नोटसहित नेपाल सरकार, परराष्ट्र मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, नेपाल क्रिकेट संघका साथै आईसीसीबाट आवश्यक पहल भएको अवस्था हुँदा समेत अमेरिकी दूतावासले विश्वकप खेल्नका लागि भिसा नदिएको विज्ञप्तिमा उल्लेख छ । लामिछानेले भिसाका लागि दुई पटक निवेदन दिएपनि दूतावासले दुबै पटक भिसा दिन…
प्रख्यात आरोही निर्मल पुर्जामाथि महिला आरोहीहरूले गम्भीर यौन दुर्व्यवहारको आरोप लगाएका छन्। ‘द न्युयोर्क टाइम्स’का अनुसार यी घटनाहरू हिमाल आरोहणका क्रममा भएका हुन्। पूर्व मिस फिनल्याण्ड लोट्टा हिन्टसा र डा. अप्रिल लियोनार्डोले पुर्जाबाट यौन दुर्व्यवहार भोगेको दाबी गरेका छन्। तर, पुर्जाले भने यी आरोपहरू खारेज गरेका छन्। सन् २००८ मा ८ हजार मिटरभन्दा माथिका विश्वका १४ वटा हिमालहरू सफलतापूर्वक आरोहण गरेपछि पुर्जा चर्चामा आएका थिए र हाल उनी हिमाल आरोहणसम्बन्धी कम्पनी चलाउँछन्। सन् २०१९ मा प्रकाशित आफ्नो संस्मरणमा, हिन्टसाले ‘एक चर्चित आरोही’बाट दुर्व्यवहारमा परेको उल्लेख गरेकी थिइन्, तर न्युयोर्क टाइम्ससँगको कुराकानीमा उनले स्पष्ट रूपमा पुर्जाको नाम लिएकी छिन्। हिन्टसाका अनुसार पुर्जाले उनको कोठामा आएर जबरजस्ती गर्न खोजेका थिए र अस्वीकार…
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया रिहा भएका छन्। जिल्ला प्रहरी कार्यालय, धनुषाले जिल्ला सरकारी वकिल कार्यालयको सहमतिमा सिरोहियालाई हाजिर जमानीमा रिहा गरेको हो। अदालतबाट तीन पटकमा ९ दिन म्याद थपेर हिरासतमा राखिएका अध्यक्ष सिरोहियालाई तथ्य, प्रमाण र आरोपको गम्भीर्यता हेरेर सरकारी वकिलको कार्यालयले आफन्तको जमानीमा छोड्ने निर्णय गरेको सिरोहियाका वकिल रमन कर्णले बताए। नागरिकतासम्बन्धी मुद्दामा सिरोहियालाई गत जेठ ८ गते काठमाडौंस्थित कान्तिपुरको कार्यालयबाट पक्राउ गरिएको थियो। उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मीको टोलीले सिरोहियालाई पक्राउ गरी धनुषा पुर्याएको थियो।
जेठ १३ गते बंगालको खाडिमा आएको समुन्द्री आधी 'रेमाल' भारत को कोलकाता , पश्चिम बङाल हुँदै उत्तरी भाग मा बङलादेश लाई समेत असर हुने गरी बिस्तार हुँदै छ । भारत ले सुरक्षा को कारण कोलकाता एअरपोर्ट बन्द गरेको छ । लाखौं मानिस लाई सुरक्षित स्थान मा सारेको छ भने मछुवारा लाई समुन्द्र जान बन्द गरिएको छ । चक्रवातको प्रभावले पूर्वी नेपालमा सोमबार भारी वर्षा हुने सम्भावना छ भोलि साझ देखि कोशी प्रदेश, मधेस प्रदेश लगायत पुर्बी भाग मा वर्षा र हावाहुरीको सम्भावना रहेको छ।
