भक्तपुर जिल्ला अदालतले आशिका तामाङलाई २० हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ । आपराधिक उपद्रव गर्न नहुने कसुरमा न्यायाधीश सन्तोष प्रसाद पराजुलीको इजलासले शुक्रबार उनलाई धरौटीमा छाड्ने आदेश दिएको हो । साँगास्थित झोलुंगे पुलमा प्रवेश गर्नेहरूसँग सूर्यविनायक नगरपालिकाले २० रुपैयाँ कर संकलन गर्दै आएको थियो । आफूलाई अभियन्ता दाबी गर्ने तामाङले कर लिने निर्णयको विरोध गर्दै कर्मचारीहरूबाट रसिद खोसेर जलाएकी थिइन् । सूर्यविनायक नगरपालिकाको जाहेरीको आधारमा प्रहरी वृत्त जगातेले उनीमाथि अनुसन्धान गरेर प्रहरी प्रतिवेदन बुझाएको थियो ।
चर्चित गायिका एलिना चौहानले सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छिन्। उनले शुक्रबार वारेसमार्फत जिल्ला अदालत काठमाडौंमा पति विष्णु सापकोटाविरुद्ध मुद्दा हालेकी हुन्। गत ५ वैशाखमा चौहानले अस्ट्रेलिया निवासी विष्णु सापकोटासँग प्रेम सम्बन्धपछि विवाह गरेकी थिइन्। विवाहपछि अस्ट्रेलिया गएकी चौहान केही समयअघि काठमाडौं फर्किएपछि उनीहरूको सम्बन्धमा तिक्तता देखिएको थियो।सम्बन्धविच्छेदको मुद्दामा चौहानले सापकोटाले आफूलाई निरन्तर शंका गरेको, काममा बाधा पुर्याएको र चरित्रमाथि प्रश्न उठाएको आरोप लगाएकी छिन्। उनले मानाचामल नलिने गरी मुद्दा हालेकी छिन् तर विवाहका क्रममा पाएको गरगहना भने फिर्ता नगर्ने दाबी गरेकी छिन्। यस विषयमा विष्णु सापकोटाको आधिकारिक प्रतिक्रिया आउन बाँकी छ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत कमला–ढल्केवर–पथलैया सडक आयोजनाको पूर्वी खण्डको स्तरोन्नति कार्य विभिन्न समस्याका कारण सुस्त गतिमा अगाडि बढिरहेको छ। ७४.७५ किलोमिटर लम्बाइको कमला–बढहरी–फूलजोर–बागमती खण्ड स्तरोन्नतिको चरणमा प्रवेश गरिसकेको छ। यही जनवरी १ तारिखदेखि निर्माण कार्य औपचारिक रूपमा सुरु भए पनि विभिन्न अवरोधका कारण कामले अपेक्षित गति लिन सकेको छैन। विश्व बैंकको १८ अर्ब ६० करोड रुपैयाँ ऋण सहयोगमा पूर्वी खण्डको स्तरोन्नति कार्य २०२५ जनवरी १ तारिखदेखि धनुषाको बडहरी, सर्लाहीको फूलजोर र कमला पुल पश्चिम गरी तीन ठाउँबाट एकसाथ अगाडि बढाइनुपर्ने योजना थियो। निर्माण कार्यका लागि कमला पुलदेखि बडहरीसम्म इकेके इन्फ्रास्ट्रक्चर लिमिटेड, भारतले जिम्मेवारी लिएको छ भने बडहरी–फूलजोर र फूलजोर–बागमती खण्डका लागि चिनियाँ कम्पनी एसडब्ल्यु इजे र स्खुवा कन्स्ट्रक्सन कम्पनी (आरसिसी) ज्वाइन्ट…
वैदेशिक रोजगारीमा रहेका युवा तथा स्थानीय समाजसेवीहरूको सहयोगमा सर्लाहीको लालबन्दी नगरपालिका–१५, झरझरामा टुहुरा दुई बालबालिकालाई आवास निर्माण गरी हस्तान्तरण गरिएको छ। लालबन्दी–१५ चिसापानीका १३ वर्षीया सुमिना वाइवा र सात वर्षीय सुमित वाइवालाई दुई कोठे पक्की घर निर्माण गरी हस्तान्तरण गरिएको हो। उनीहरूका पिता भोजबहादुर वाइवाको दुई वर्षअघि क्यान्सरका कारण निधन भएको थियो भने आमा एक वर्षअघि वैदेशिक रोजगारीका लागि विदेश गएपछि सम्पर्कविहीन बनेकी छन्। ती बालबालिकाको बसोवासका लागि लालबन्दी–१६, परवानीपुरका राजु थापा र सरोजकुमार खड्काले पाँचधुर जग्गा प्रदान गरेका थिए। गैरआवासीय नेपाली संघ (जापान) मा आबद्ध युवाले दुई लाख रुपैयाँ, लालबन्दी–१२, लालभित्तीका उमेश थोकरले ५२ हजार रुपैयाँ बराबरको झ्याल, ढोका तथा उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष दीपेन्द्रकुमार बलम्पाकीले झ्यालका लागि…
माघ -८ बर्दिबास नगरपालिका–११, खयरमारामा राष्ट्रिय अपाङ्ग पुनर्स्थापना समाजको आयोजनामा महिलाहरूका लागि १० दिने आधारभूत इलेक्ट्रिसियन र प्लम्बिङ तालिमको उद्घाटन गरिएको छ। तालिम १० र ११ नम्बर वडा कार्यालयको समन्वय र स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको सहयोगमा सुरु भएको हो। तालिमको उद्घाटन कार्यक्रममा वडा नम्बर १० का वडा अध्यक्ष प्रेम मोक्तानको अध्यक्षता र आयोजक संस्थाका उपाध्यक्ष सुगम भट्टराईको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा भट्टराईले संस्थाले २०७२ सालको महाभूकम्पपछि पीडितहरूको जीवनस्तर सुधार्न सिपमूलक तालिम सञ्चालन गर्दै आएको र यसले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न उल्लेखनीय योगदान पुर्याएको बताउनुभएको थियो। कार्यक्रम संयोजक सुनिता रिजालका अनुसार तालिममा २० जना महिलाहरू सहभागी भएका छन्। जसमध्ये १० जनालाई इलेक्ट्रिसियन र १० जनालाई प्लम्बिङ सम्बन्धी तालिम दिइनेछ। तालिमको…
