समाचार

नेपालमा चीन केन्द्रबिन्दु भएको शक्तिशाली भूकम्पको झट्का महसुस

नेपालका विभिन्न क्षेत्रमा शक्तिशाली भूकम्पको झट्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, भूकम्पको केन्द्रबिन्दु नेपाल नभई चीनको सिजियाङ क्षेत्रमा रहेको छ।भूकम्पको झट्का आज बिहान ६:५० बजे महसुस गरिएको थियो। अमेरिकी भौगर्भिक निकाय यूएसजीएसले उक्त भूकम्प ७.१ म्याग्निट्यूडको भएको पुष्टि गरेको छ। सुरूमा नेपालको लोबुचे क्षेत्रलाई केन्द्रबिन्दु बताइए पनि पछि यो विवरण परिमार्जन गर्दै चीनको सिजियाङ क्षेत्रलाई केन्द्रबिन्दुका रूपमा उल्लेख गरिएको छ। नेपालको सोलुखुम्बु जिल्लालगायत विभिन्न स्थानमा भूकम्पको प्रभाव महसुस भएको छ। सोलुखुम्बुको सल्लेरी क्षेत्रमा भूकम्पको ठूलो धक्का महसुस गरिएको भए पनि हालसम्म कुनै भौतिक वा मानवीय क्षति भएको विवरण प्राप्त नभएको सहायक प्रमुख जिल्ला अधिकारी रुपेश विश्वकर्माले बताएका छन्। भारतीय सञ्चारमाध्यमहरूका अनुसार, भूकम्पको झट्का पश्चिम बङ्गाल,…
थप पढ्नुहोस्

महोत्तरी जिल्ला प्रशासनका नायब सुब्बाद्वयविरुद्ध घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर

महोत्तरी जिल्ला प्रशासन कार्यालयमा कार्यरत नायब सुब्बा अशोक कुमार यादव र दिनेश प्रसाद साहविरुद्ध घुस लिएको अभियोगमा विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबास कार्यालयबाट खटिएको टोलीले अशोक कुमार यादवलाई घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो। अनुसन्धानका क्रममा यादव र साहले सवारी दुर्घटनामा मृत्यु भएका व्यक्तिका नजिकका हकदारलाई काजकृया खर्च र क्षतिपूर्ति उपलब्ध गराउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग रकम माग गरेको पुष्टि भएको छ। अख्तियारको प्रवक्ता नरहरि घिमिरेका अनुसार, भ्रष्टाचार निवारण ऐनको दफा ३ (१) अनुसार उनीहरूमाथि बिगो २०,००० रुपैयाँ कायम गर्दै कैद र जरिवाना सजायको माग गरिएको छ। आरोपपत्र दर्तासँगै विशेष अदालतले मुद्दा दर्ता प्रक्रिया अघि बढाएको छ।
थप पढ्नुहोस्

महोत्तरीमा हत्या गरी फरार रहेका व्यक्ति वीरगञ्जबाट पक्राउ

युवतीको हत्या गरी फरार रहेका एक युवकलाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ। गत असोज २३ गते महोत्तरीको बर्दिवास नगरपालिका–५ टुटेश्वर जंगलस्थित नालामा अन्दाजी २०/२२ वर्षकी महिलाको शव फेला परेको घटनामा संलग्न सर्लाहीका मन्दीप कुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार मृतक जिल्ला महोत्तरी गाउँपालिका–४ की २२ वर्षीया अनु राय रहेको खुलेको छ। विवाह गर्ने सहमति सहित असोज २२ गते टुटेश्वर मन्दिर पुगेका दुबैजनाबीच फर्किने क्रममा विवाद भएको थियो। प्रहरीका अनुसार विवादले उग्ररूप लिएपछि मन्दीपले डोरीले अनु रायको घाँटी कसी हत्या गरेको खुलेको छ। घटना लगत्तै फरार रहेका मन्दीपलाई प्रहरीले खोजतलास गर्ने क्रममा पर्साको वीरगञ्ज महानगरपालिका–४ आदर्शनगरबाट पक्राउ गरेको हो।पक्राउ परेका यादवले घटनाको स्वीकारोक्ति बयान दिएकाले उनलाई…
थप पढ्नुहोस्

बर्दिबासबाट ब्राउन सुगर सहित दुईजना पक्राउ

सिन्धुली प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटको एम्बुलेन्सबाट ब्राउन सुगरसहित दुईजना पक्राउ परेका छन्। प्रहरीको टोलीले बर्दिबासबाट सिन्धुलीतर्फ जाँदै गरेको बाप्र ०१-००२ झ ६६९० नम्बरको एम्बुलेन्सबाट १० ग्राम ब्राउन सुगर बरामद गरेको हो। इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको टोलीले बुधबार राति बर्दिबास–३ स्थित बीपी राजमार्गमा एम्बुलेन्सको तलासी गर्दा यो पदार्थ बरामद गरेको हो। एम्बुलेन्सको साइरनभित्र रहेको माइक्रोफोनभित्र लुकाइएको अवस्थामा ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ। प्रहरी नायब उपरीक्षक (डीएसपी) रेवतीरमण पोखरेलका अनुसार चालकसहित पक्राउ परेकाहरुको नाम भने थप अनुसन्धान प्रभावित हुने भन्दै सार्वजनिक गरिएको छैन।
थप पढ्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई पत्र

प्रिय सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू, म नरहरी धमला, हाल मलेसियामा श्रम गरेर जीवनयापन गरिरहेको एक सामान्य नेपाली नागरिक हुँ। मेरो स्थायी ठेगाना बर्दिबास-११, नगर पालिका, खयरमारा, विद्युत चोक हो। यो पत्र देशप्रतिको गहिरो माया र चासोको प्रतिकस्वरूप लेखिरहेको छु। हाल नेपालले भोगिरहेका चुनौतीहरू जस्तै बेथिती, अराजकता, र राष्ट्रिय स्वाभिमानमाथि भएको प्रहारले हामी परदेशी नेपालीहरूलाई पनि गहिरो चोट पुर्याएको छ। विशेषगरी, सीमाक्षेत्रमा भएका अतिक्रमणका घटनाहरू र त्यसबारे सरकारको मौनताले आम जनताको मनमा निराशा उत्पन्न गरेको छ। देशभित्रको बेथिती: 1. भ्रष्टाचारले गर्दा देशभित्रको व्यवस्था दिनप्रतिदिन बिग्रँदो छ। सरकारी कार्यालयहरूमा सेवा प्रवाह राम्रो छैन, जसले जनताको विश्वास गुमाएको छ। 2. कानुनको कार्यान्वयनमा कमजोरी र राजनीतिक हस्तक्षेपले न्यायालय प्रणालीमाथि नै प्रश्न उठेको छ।…
थप पढ्नुहोस्