स्थानीय समाचार

श्रृखलाबद्ध लुटपाट तथा गौशाला गोली काण्डका अभियुक्त सार्वजनिक

Oplus_131072 मिति २०८०।११।२० गते अं. १६:०० बजेको समयमा रेडिमेड लत्ताकपडा बिक्री गर्ने ब्यापारी लाई जिल्ला महोत्तरी औरही न.पा. वडा नं. ०७ भोईल स्थित मोटरसाईकलमा आएका ३ जना अपरिचित ब्यक्तिहरुले हतियार देखाई नगद रु. ३२०००/- (बत्तिस हजार) नोकिया कम्पनिको स्क्रिन टच मोबाईल लुटपाट घटनामा प्रत्यक्ष संलग्न रहेका प्रहरी अनुसनधानबाट खुल्न आएका अभियुक्तहरुः१. जिल्ला महोत्तरी सोनमा गा.पा. वडा नं. ०२ तरहारी घर भई जिल्ला धनुषा ज.उ.म.न.पा. ०७ जिरोमाईल डेरा कोठा लिई बस्ने मुखचन्द्र दास तत्मा ।२. जिल्ला महोत्तरी भंगाहा न.पा. वडा नं. ०२ बखरी टोल घर भई जिल्ला धनुषा ज.उ.म.न.पा.०७ जिरोमाईल डेरा कोठा लिई बस्ने आशिष कुमार कंठ ।३. जिल्ला महोत्तरी औरही न.पा. वडा नं. ०१ बस्ने श्रवन कुमार कापर।• मिति २०८०।११।२२…
थप पढ्नुहोस्

बर्दिबास १०/११ खयरमारा क्षेत्रका विद्यालयहरूको SEE परीक्षाको नतिजा

Photo:- Wikipedia बर्दिबास, महोत्तरी   बर्दिबास नगरपालिका अन्तर्गत खयरमारा क्षेत्रमा रहेको विभिन्न विद्यालयहरूले यस वर्षको SEE (माध्यमिक शिक्षा परीक्षा) परीक्षाको नतिजा सार्वजनिक भएको छ। यस क्षेत्रमा चार प्रमुख विद्यालयहरू रहेका छन्, जसको नतिजा यस प्रकार रहेको छ:  १. लक्ष्मी नारायण जनता लक्ष्मी नारायण जनता विद्यालयमा यस वर्ष कुल ५० विद्यार्थीले परीक्षा दिएका थिए। ती मध्ये २० जना विद्यार्थी उत्तीर्ण भएका छन्। यो नतिजा करिब ४०% को सफलता दरलाई दर्शाउँछ। २. रा. मा. वि छोड्के रा. मा. वि छोड्के विद्यालयमा कुल २७ विद्यार्थीले SEE परीक्षा दिएका थिए। ती मध्ये ११ जना विद्यार्थी सफल भएका छन्। यस विद्यालयको सफलता दर करिब ४०.७% रहेको छ।  ३. लक्ष्मी बास झ्याउरे लक्ष्मी बास झ्याउरे विद्यालयमा जम्मा…
थप पढ्नुहोस्

लागु औषध दुरुपयोग तथा ओसारपसार बिरुद्ध अन्तराष्ट्रिय दिवश सप्ताहव्यापी कार्यक्रम आयोजना

जलेश्वर, महोत्तरी - २०८१।०३।०६ जिल्ला महोत्तरीको जलेश्वर नगरपालिकामा वडा नं. २ स्थित जिल्ला समन्वय समिति महोत्तरीको सभाहलमा आज १४:३० बजे लागु औषध गुरुपयोग तथा ओसारपसार बिरुद्ध अन्तरराष्ट्रिय दिवश जुन २६, २०२४ को अवसरमा साप्ताहव्यापी कार्यक्रमको सुरुवात भएको छ। जिल्ला प्रशासन कार्यालय महोत्तरीको आयोजना र जिल्ला प्रहरी कार्यालय महोत्तरीको समन्वयमा सम्पन्न भएको यो कार्यक्रममा सरोकारवाला सम्बन्धित निकायहरूका प्रतिनिधिहरूसंग अन्तरक्रिया कार्यक्रम भएको थियो। कार्यक्रममा लागु औषधको दुरुपयोग र यसको ओसारपसारले समाजमा पारेको प्रभाव, यसको नियन्त्रणका लागि गरिएका प्रयास र आगामी दिनमा अपनाउनुपर्ने रणनीतिहरूका बारेमा छलफल भयो। प्रमुख जिल्ला अधिकारीले कार्यक्रमको उद्घाटन गर्दै लागु औषध नियन्त्रणमा समुदायको सहकार्यको महत्व र यसमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताए। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुखले प्रहरीको…
थप पढ्नुहोस्

बर्दिवास नगरपालिकामा वित्तीय अनियमितता: महालेखापरीक्षकको प्रतिवेदन

बर्दिवास महालेखापरीक्षकको कार्यालयले बर्दिवास नगरपालिकाको आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण प्रतिवेदनमा विभिन्न वित्तीय अनियमितता पाइएको जनाएको छ। प्रतिवेदन अनुसार, कुल ९ करोड ९ लाख ७२ हजार रुपैयाँ बेरुजु देखिएको छ, जसमा १ करोड ३६ लाख ४३ हजार रुपैयाँ असुल गर्नुपर्ने, ५ करोड ५६ लाख ३२ हजार रुपैयाँ प्रमाण कागजात पेश गर्नुपर्ने, र २ करोड १६ लाख ९६ हजार रुपैयाँ अनियमित रकम रहेको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनमा प्रमुख अनियमितताहरूमा निम्न बुँदाहरू समावेश छन्: लेखा परीक्षणको त्रुटि र गल्तीहरू: लेखापरीक्षणमा वित्तीय विवरणहरूमा त्रुटि र गल्ती पाइएको छ। महालेखापरीक्षकको कार्यालयले सरकारी लेखापरीक्षण मान, मार्गदर्शन र कानुनी प्रावधान अनुसार लेखापरीक्षण गर्दा पनि यस्ता त्रुटिहरू देखिएका छन्। वित्तीय विवरणको शुद्धता: बैंक मौज्दातमा उल्लेखित रकम र…
थप पढ्नुहोस्

सुक्दै पानीको मुहान: पानीको समस्यामा जकडिदै खयरमारा

असार ४, खयरमारा नेपालको सन्दर्भमा भन्ने हो भने सामान्यतया: प्रतिदिन प्रतिव्यक्ति ४५ लिटर पानी उपलब्ध भएमा आधारभूत स्तरको सुविधा मानिन्छ । त्यसमा पानी लिएर आउने समय ३० मिनेटभन्दा कम हुनुपर्छ । खानेपानी मन्त्रालयको पछिल्लो विवरण र त्यहाँका अधिकारीको भनाइमा देशभर ९० प्रतिशत बढी जनसङ्ख्यामा आधारभूत खानेपानीको पहुँच छ । यसमध्ये २५ प्रतिशतले मात्र शुद्ध पिउने पानीको प्रयोग गर्छन् । तर मुहान सुकेर पानीको अभाव भएपछि खयरमाराका दर्जनभन्दा बढी बस्तीका स्थानीय आधारभूत सुविधाबाटै बञ्चित हुनुपरेको छ ।खयरमाराका पाका व्यक्तिहरू आफैँले देखे भोगेका कैयौँ धाराहरु सुक्दै र हराउँदै गएको बताउँछन् । खयरमाराका पाका व्यक्तिहरूले प्रयोग गरिरहेका गाउँघरका पानीका मूलहरू सुकेर गएको आफ्नै आँखाले देख्नुभएको छ ।  पुर्खादेखि प्रयोग हुँदै आएको घर नजिकैको धारोमा…
थप पढ्नुहोस्